राष्ट्रियताका विषयमा एकजुट भएर अगाडि बढ्नु पर्छ : शर्मा
"सीमा विवादको जवाफ कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासँग नमागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग्नु पर्ने "
तपाईको प्रतिक्रिया





नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताका विषयमा सबै राजनीतिक दलबीच एउटै दृष्टिकोण बनाएर अगाडि बढ्नु पर्ने बताएका छन् ।
चुनावी प्रचारका लागि पोखरा आएका प्रवक्ता शर्माले नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सबै रााजनीतिक पार्टीहरुबीच आन्तरिक सहमति गरी सबै एकैठाउँमा उभिएर समस्या समाधानतर्फ लाग्नुपर्ने बताए ।
‘यो हाम्रा लागि ऐतिहासिक अवसर हो । सरकारले यथाशीघ्र कुटनीतिक र उच्चस्तरीय राजनीतिक पहल गर्नुपर्छ । यसमा प्रधानमन्त्री ओलीको अग्रसरता आवश्यक छ,’ उनले भने ।
प्रवक्ता शर्माले सरकार र नेकपाकाहरूले सीमा विवादको जवाफ कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासँग नमागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग्नु पर्ने बताए ।
भारतले आफ्नो नक्सा सार्वजनिक गरिरहेको अवस्थामा नेपालले पनि छिटो भन्दा छिटो आफ्नो आधिकारिक नक्सा सार्वजनिक गर्नेु पर्ने खाँचो उनले औंल्याए ।
प्रवक्ता शर्माले सीमाको सवालमा सत्तापक्ष, प्रतिपक्ष र जनता सबै एकठाउँमा आएको अवस्थामा समस्या समाधान गर्नमा ढिलाई गर्न नहुने बताए । उनले सीमा समस्या समाधान नभएसम्म कांग्रेसले खबरदारी गरिरहने स्पष्ट पारे ।
चुनावी प्रचारका लागि आएका प्रवक्ता शर्माले कास्की–२ को चुनावमा काँग्रेसले २ हजार ४ सय मत अन्तरले जित्ने दावी समेत गरेका छन् ।
‘यहाँको सबै वस्तुनिष्ठ आधारलाई नियाल्दा हामीले २ हजार ४ सय मतले चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत हो, यसलाई बढाउन प्रयत्नशील छौं,’ उनले भने ।
Related