• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कम्युनिष्टले नै चुनाव जिते मुलुक भड्खारोमा जाकिने छ ; नेता सिंह

"कालापानी र लिपुलेकमा गएर लम्पसार परेको ओलीको राष्ट्रवादले मुलुकले धेरै वर्ष दुःख पाउने  "
  •      /९ मंसिर २०७६, सोमबार १३:२७ ,  प्रकाशीत
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फेरि पनि कम्युनिष्टले नै चुनाव जिते मुलुक भड्खारोमा गएर जाकिने बताएका छन् । कम्युनिष्ट अतिवाद र अधिनायकवाद अब थेग्न नसक्ने भन्दै उनले मुलुकलाई त्यसबाट मुक्त गर्न कांग्रेसलाई जिताउन आग्रह गरे ।

    सोमबार पोखरामा आयोजित चुनावी सभामा नेता सिंहले कालापानी र लिपुलेकमा गएर लम्पसार परेको ओलीको राष्ट्रवादले मुलुकले धेरै वर्ष दुःख पाउने टिप्पणी गरे ।

    ‘सीमा विवादमा प्रतिपक्षी कांग्रेसले धेरै बोल्यो, जनता आन्दोलनमा उत्रिएर सडकमा आइसक्दा पनि प्रधानमन्त्री ओलीजी झिना मसिना कुरा भन्दै बसिरहनुभएको छ’, उनले भने, ‘उहाँको खोक्रो राष्ट्रवाद अब जनताले पत्याउदैनन् ।’ यतिबेला विश्वको ध्यान कास्की–२ मा रहेको भन्दै उनले यस क्षेत्रबाट कांग्रेसले चुनाव जितेर देश विदेशमा सकारात्मक सन्देश दिन चाहेको बताए ।

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस बसेको हाती भएको भन्दै उठेर मुन्टोमात्र हल्लाउने हो भने सबै तितरवितर हुने बताए । उनले राष्ट्रियताको विषयमा कांग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीसंग सिधा वार्ता गरेर देखाउन चुनौती दिए ।

    विकास र समृद्धिका जति ठूला र खोक्रा भाषण गरे पनि नेपाल कांग्रेसकै पालामा बनेको गोरेटोमा अघि बढिरहेको भन्दै प्रवक्ता शर्माले ओली सरकार काण्डै काण्ड मच्चाउन उद्धत रहेको बताए ।

    उनले कास्की–२ सहित सबै क्षेत्रबाट कांग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सरकारलाई ल्याउन आवश्यक रहेको उनले बताए । ‘सरकारका २१ महिनामा देखिने र चर्चा गर्न लायक कुनै पनि काम छैनन् ।

    कुर्चीमा बसेरमात्र समृद्धिको भाषण मात्र नखोक्दा हुन्छ’, उनले चुनौती दिंदै भने, ‘सरकारले कम्तिमा निर्मला पन्तको हत्यारा समातेर कार्वाही गरेर देखावस् । कम्तिमा वाइडवडीको काण्ड सही के हो बाहिर ल्याउने हिम्मत गरोस् ।’

    पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली कांग्रेसको मुख्य शत्रु भ्रष्टाचार, बलात्कार, हिंसा र लम्पसारवाद भएको बताए । उनले जनता करैकरको थुप्रोमा थिचिएर स्वास फेर्न पनि नसक्ने अवस्थामा पुगेको भन्दै यसबाट मुक्ति पाउन पनि कांग्रेसले चुनाव जित्नुपर्ने स्पष्ट पारे । उनले कांग्रेसले कर होइन करको दायरा फराकिलो बनाउने नीति लिएको बताए ।

    कांग्रेस नेता देवराज चालिसेले यो चुनाव यो चुनाव पार्टी–पार्टी, उम्मेदवार–उम्मेदवार बीचको होइन भ्रष्टाचारी सरकार–जनताबीचको लडाइँ भएको बताए । उनले भ्रष्टाचारी सरकारलाई परास्त गर्न र लोकतन्त्रको रक्षा गर्नका लागि यो चुनाव निकै महत्वपूर्ण भएको स्पष्ट पारे ।

    उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आफूले जनता सामू गरेका वाचा कहिल्यै नभुल्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.