• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा चुनावी सरगर्मी तीव्र ; पोखराको विकासमा भिजन र मिसनसहित काम गर्ने विद्याको दृढता

"मौजालाई महानगरमा हुने सबै सेवा, सुविधा पु¥याउने प्रतिबद्धता जाहेर "
  •      /१० मंसिर २०७६, मंगलवार ०४:४० ,  प्रकाशीत
  • कास्की २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले महानगरको गाउँ भनेर चिनिने मौजामा घरदैलो शुरु गरेकी छन् । पोखरा महानगरपालिका भित्र रहेरपनि गाउँको रुपमा रहेको पोखरा–२० मौजामा विद्याले घरदैलो गरिरहेकी हुन् ।

    घरदैलोका क्रममा सर्वसाधारणको कुरा सुन्दै उनले मौजालाई महानगरमा हुने सबै सेवा, सुविधा पु¥याउने प्रतिबद्धता जाहेर गरेकी छन् । विद्याले मौजामा ¥यालेचौर–भलाम–मौजा आँटीघरसम्मको सडक सम्पन्न गर्नेदेखि लिएर शुद्ध खानेपानी, प्रत्येक घरमा बिजुली वत्ती पु¥याउने बाचा गरेकी छन् ।

    विद्याले मौजालाई पर्यटकीय केन्द्र बनाउने रवीन्द्रको सपना भएकाले त्यसलाई पूरा गर्ने संकल्प गरेको बताइन् । साथै उनले मौजालाई बाख्राको पकेट क्षेत्र बनाएर स्थानियलाई आत्मनिर्भर बनाउनका लागि आफूले पहलकदमी लिने बताइन् । उनले आफ्नो संकल्प पोखराको विकास एकमात्र अर्जुन दृष्टि भएको बताइन् । त्यसका लागि भिजन र मिसनसहित काम गर्ने उनले दृढता व्यक्त गरिन् ।

    नेकपाले आज पोखरा २१ मा चुनावी सभा आयोजना गर्दैछ । पोखरा २१ कृष्ती नाच्नेचौरको दिउली पिपलमा पूर्वाह्न ११ बजे चुनावी सभा आयोजना हुने कास्की २ चुनाव प्रचारप्रसार समितिका सहसंयोजक झपट रानाभाटले जानकारी दिए ।

    उनका अनुसार चुनावी सभालाई नेकपा गण्डकी प्रदेशका सहईञ्चार्ज खगराज अधिकारी, नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ करण, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा लगायतले सम्बोधन गर्नेछन् । चुनावी सभाबाट पोखरा–३३ का वडाध्यक्षको गाडीमाथि भएको आगजनीको भत्र्सनासहित आगामी दिनमा त्यस्तो नगर्न चेतावनीसमेत दिन लागिएको सहसंयोजक रानाभाटले बताए ।

    यसैबीच, नेकपाले भोलि बुधबार पोखरामा बृहद चुनावी सभा आयोजना गर्दैछ । नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीको पक्षमा माहोल सिर्जना गर्न नेकपाले भोलि १५ हजार जनता उतारेर शक्ति प्रदर्शन गर्न लागेको हो । नेकपा कास्की २ निर्वाचन परिचालन कमिटीको आयोजनामा हुने बृहद चुनावी सभालाई नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

    चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने चुनाव प्रचारप्रसार समितिका संयोजक त्रिभूवन पौडेलले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.