• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा समाजवादीको घरदैलो तीव्र

  •      /१० मंसिर २०७६, मंगलवार ०४:५० ,  प्रकाशीत
  • वडा नम्बर १६ अर्मला समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको जन्मगाउँ हो । कास्की क्षेत्र नम्बर २ को उम्मेदवार बनेर अर्मला घरदैलोमा पुग्दा गाउँले उत्साहित भए ।

    अर्मलाको माटोले जन्माएको व्यक्ति अहिले चुनावमा उम्मेदवार भएकोमा खुसी हुँदै जोगीमणी र अर्मला गाउँका मतदाताले इन्जिनियर धर्मराजलाई शुभकामना दिए, ‘चुनाव जित्नु र विकास गर्नु ।’

    देशविदेशको अनुभवलाई राजनीतिमार्फत संसद पुगेर आफ्नै देशमा लगाउने बताएपछि स्थानीयले बधाइ दिए । ज्येष्ठ नागरिक गमा गुरुङले आशिष दिँदै भनिन्, ‘जाउ बाबु, देश बनाउ । जनतालाई सुख दिने बाटो गर ।’

    उम्मेदवार गुरुङले एक मौका दिए काम गरेर देखाउने गाउँलेलाई बताए । अर्मलाको माटोमा जन्मिएको धर्मराजले जालझेल र झुटको राजनीति कहिल्यै नगर्ने उनले प्रतिवद्धता गरे । ‘म भ्रष्टाचार गर्न जान्दिन । यो देशमा असल व्यक्ति अब राजनीतिमा आउनु पर्छ,’ धर्मराजले भने, ‘तपाईंहरुले पहिलेपहिले अरुलाई जिताउनु भयो । गाउँको छोरोलाई भोट हाल्नुस् ।’

    पोखरामा आइतबार चुनावी सभामार्फत गरेर शक्तिप्रदर्शनपछि समाजवादीका उम्मेदवार वडा नम्बर १६ तिर घरदैलोमा पुगेका हुन् । व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने धर्मराजको भनाइ थियो ।

    ‘व्यक्ति आफैंमा खराब हुँदैन । राजनीति आफैमा गलत होइन । तर, यहाँ राजनीति गर्ने मान्छेको प्रवृत गलत भयो,’ धर्मराजले भने, ‘तीनै गलत कुरा फेरिनुपर्छ । देशमा सुशासनको सिस्टम बस्नुपर्छ भन्ने मानयता राख्छु ।’ पछि पछुताउनुभन्दा राम्रो उम्मेदवार छानेर मात्र भोट हाल्न उनले आग्रह गरेका छन् । नेतालाई मात्र गाली गर्नुको सट्टा आफैंले गतिलो नेता छान्ने जनताको अवसर नै चुनाव भएकाले त्यसको सदुपयोग गर्न धर्मराजले मतदातालाई अनुरोध गरे ।

    चुनावी सभालाई सम्बोधन गर्न आइतबार पोखरा आएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि धर्मराजलाई भोट माग्न घरदैलो पुगेका छन् । धर्मराज जन्मगाउँतिर घरदैलोमा पुगे भने डा. भट्टराई वडा नम्बर १५ र १७ मा घरदैलो गरेका थिए ।

    डा. भट्टराईले धर्मराजजस्तो सक्षम व्यक्ति पोखराको माटोले पाएको बताउँदै समुपयोग गर्न आग्रह गरेका थिए । देशमा पुराना पार्टीले पटक पटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पाटीे वैकल्पिक राजनीतिमा आएको भट्टराईले बताए । पोखराबाट धर्मराजलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन भट्टराई आग्रह गरेका थिए ।

    समाजवादी पार्टीले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको प्रदेश संयोजक गणेशमान गुरुङले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.