• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी

  •      /११ मंसिर २०७६, बुधबार १२:१६ ,  प्रकाशीत
  • पोखराको कुमुदिनी होम्स माविमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी शुरु भएको छ । कुमुदिनी परिसर गैहपाटन पोखरामा शुरु प्रदर्शनी विहिबारसम्म जारी रहने छ ।

    चिनियाँ सांस्कृतिक केन्द्र नेपालको आयोजनामा कुमुदिनी होम्स्मा सो प्रर्दशनीको आयोजना गरिएको हो । बुधबार एक कार्यक्रमका वीच पोखरा महानगर पालिकाका प्रमूख मानबहादुर जिसी, सांस्कृतिक केन्द्रकी प्रमूख सिताइ पाइमो र निर्देशक स्याउ च्याङले संयुक्तरुपमा प्रदर्शनीको उद्दघाटन गरेका हुन् ।

    कार्यक्रममा मन्तव्य राख्दै महानगर पालिकाका प्रमूख जिसीले चिनियाँ भाषा, संस्कृति र विकासका बारेमा विद्यार्थीहरुलाई जानकारी उद्देश्यले प्रर्दशनी आयोजना गरेकोमा आयोजकहरुलाई धन्यवाद दिए । उनले चीनले पछिल्लो समयमा गरेको विकास र प्रगति विश्वका लागि नै उदाहरणीय भएको भन्दै छिमेकी नेपालले पनि त्यसबाट फाइदा लिन सक्ने बताए ।

    केही समय अगाडि चीनका राष्ट्रपति सिजिङ पिङले गरेको नेपाल भ्रमणले दुई देशवीचको सम्बन्ध मजवुत पारेको स्मरण गर्दै विद्यालयस्तरमा हुने यस्ता कार्यक्रमले जनस्तरमा पनि महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए । कार्यक्रममा चिनियाँ सांस्कृतिक केन्द्रकी प्रमूख पाइमाले नेपाल र चीनवीचको मित्रता थप बलियो बनाउन थुप्रै कार्यक्रमहरु आयोजना हुने गरेको बताइन् ।

    उनले दुई देशवीच लामो समयदेखि सम्बन्ध रहेको बताउँदै पोखरामा आयोजित यो कार्यक्रमले पनि त्यसमा थप योगदान गर्ने विश्वास व्यक्त गरिन् । सो अवसरमा उनले कुमुदिनीको प्रशंसा गर्दै कार्यक्रम आयोजना गरेर चीनको संस्कृति बारे विद्यार्थीहरुमा जानकारी गराउन नेतृत्वदायी भूमिका खेलेको बताइन् । विद्यालयका अध्यक्ष अशोक पालिखेले चिनियाँ भाषा, संस्कृति र विकासका बारेमा विद्यार्थीहरुलाई अवगत गराउन प्रदर्शनी महत्वपूर्ण अवसर बनेको जानकारी दिए ।

    अध्यक्ष पालिखेका अनुसार कुमुदिनीका कक्षा ५देखि ७ सम्मका विद्यार्थीहरुलाई चिनियाँ भाषाको कक्षा समेत संचालन हुँदै आएको छ । कार्यक्रममा सहभागी महानगर प्रमूख, सांस्कृतिक केन्द्रका प्रमूख र निर्देशक सहितका अतिथिहरुले कुमुदिनी परिसरमा रहेको जेके चित्रकला संग्राहलयको पनि भ्रमण गरेका थिए । संग्राहलयमा नेपालका प्रख्यात चित्रकारहरुले कोरेका चित्रहरु संग्रह गरिएको छ ।

    संग्राहलयको निशुल्क भ्रमण गर्न सकिने विद्यालयका अध्यक्ष पालिखेले जानकारी दिएका छन् ।कार्यक्रममा कुमुदिनीमा विद्यार्थीहरुले चिनियाँ गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

    प्रदर्शनीमा चीनका ग्रामिण भेगका विभिन्न २० वटा फोटो प्रर्दशनीमा राखिएका छन् । त्यसैगरी विद्यार्थीहरुलाई चिनियाँ लिपी र पेपर क्राफ्टबारे समेत प्रशिक्षण दिइने छ । चीनको परिचय झल्काउने, चिनियाँ विकास र महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (बिआरआइ) बारे विभिन्न वृत्तचित्रहरु प्रदर्शन गरिएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.