अर्घाखाँचीमा भएकाे बस दुर्घटनामा आठ जनाकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहले साे दुर्घटनामा परी तीन जना महिला र पाँच जना पुरूष गरी आठ जनाकाे शव फेला परेकाे बताएका छन् । मृतकहरूकाे सनाखत भने अझै हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
डीआईजी शाहका अनुसार साे दुर्घटनामा परी घाइते भएका ११ जनाकाे उद्धार गरिएकाे छ । उक्त बस झण्डै ३५ जना यात्रु बाेकेर अर्घाखाँचीकाे सन्धिखर्कबाट बुटवल आउँदै गरेको प्रहरीले बताएकाे छ । प्रहरीले उद्धार कार्य जारी रहेकाे र मृत्यु हुनेकाे संख्या बढ्न सक्ने बताएकाे छ ।

Related