अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो
/११ मंसिर २०७६, बुधबार १५:४६ , प्रकाशीत
अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । अर्घाखाँचीको सन्धिखर्क बाट बुटवलका लागि छुटेको बस बुधबार साँझ घुम्तीमा दुर्घटना हुदा १८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ११ पुरुष र ७ महिला छन् । मृतकको सनाखत हुन सकेको छैन ।लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनामा परेको हो ।
घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।

Related