• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा आयोजना हुने साग अन्तरगतको ट्रायथलनको तयारी अन्तिम चरणमा

"ट्रायथलन अन्तरगतको पौडीका लागि अन्तिम तयारी  "
  •    शुभेच्छा न्यूज संवाददाता  /१२ मंसिर २०७६, बिहीबार १५:३७ ,  प्रकाशीत
  • १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भईसकेको र आवश्यक सामाग्री सबै खेल स्थलमा आईसकेको हुँदा तयारी अन्तिम चरणमा पुगेको हो । ट्रायथलन अन्तरगतको पौडीका लागि अन्तिम तयारी भईरहेको, साईकिलिङ र दौडका लागि कुनै समस्या नरहेको कास्की जिल्ला ट्रायथलन संघका सचिव प्रकाश बराल बताउँछन् ।

    बिहीबार फेवातालमा पौडीका लागि शुरुवाती विन्दुका लागि प्लास्टिकका ब्लक हाल्ने काम सम्पन्न भएको छ । अबको २ दिनमा सबै तयारी पुर्ण रुपमा सकिने ट्रायथलनका लागि टेक्नीकल ग्रुपका ईन्चार्ज आशिष कुलले बताए । उनी भन्छन्– ‘पौडीको अन्तिम विन्दुको काम बाहेक अन्य काम सबै सकिएको छ । यो पनि छिट्टै सकिन्छ ।’

    पुरुष र महिला दुवै विधामा संचालन हुने ट्रायथलनमा ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको छ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका गरि तिन देशका २८ खेलाडी र ८ अफिसियल गरि ३६ जनाको सहभागीता रहने भएको छ । प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुने समेत सचिव बरालले जानकारी दिए ।

    मंसिर १५ देखि २४ गतेसम्म १३औं संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का ८ वटा खेलहरु पोखरामा हुन लागेको हो । ८ खेलमध्ये ट्रायथोलन खेल पनि एक हो । पौडी, साईकलिङ र दौडको मिश्रणलाई ट्रायथोलन भनिने यस खेल भव्यरुपमा सम्पन्न गर्न सम्वन्धित निकाय तिब्ररुपमा लागिरहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.