अस्पतालले स्वास्थ्य बिमा गरेकालाई निःशुल्क औषधि नदिएपछि अदालतमा मुद्दा
"बिमाले निर्धारण गरेको रकमभित्रको औषधि उपचार निःशुल्क गर्नुपर्ने व्यवस्था "
तपाईको प्रतिक्रिया





विपन्न नागरिकको स्वास्थ्य उपचारका लागि सरकारले लागू गरेको स्वाथ्य बिमा कार्यक्रममा आबद्ध बिमितले तोकिएको अस्पतालबाट औषधि नपाएको भन्दै अदालतमा मुद्दा परेको छ । अधिवक्ता अनिता तिमिल्सीनाले उच्च अदालत सुर्खेत, इजलास जुम्लामा बिहीबार बिमामा सूचीकृत औषधि उपलब्ध गराउन माग गर्दै मुद्दा दर्ता गराएकी हुन् ।
स्वास्थ्य बिमा गरेका नागरिकका लागि तोकिएको स्वास्थ्य संस्थामा बिमाले निर्धारण गरेको रकमभित्रको औषधि उपचार निःशुल्क गर्नुपर्ने व्यवस्था गरेको छ । गत साउनदेखि लागू भएको नयाँ व्यवस्था अनुसार स्वास्थ्य बिमामा आबद्ध नेपाली नागरिकले एकलाखसम्मको औषधि उपचार निःशुल्क पाउने व्यवस्था छ ।
तर अस्पतालमा भने बिमितप्रति फरक व्यवहार देखाइन्छ । औषधि नदिने मात्र नभइ उपचारमा पनि प्रथामिकता दिइँदैन । अधिवक्ता तिमिल्सीनालेस्वास्थ्य बिमा बोर्ड कर्णाली प्रदेश, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान र जिल्ला प्रशासनलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेकी हुन् ।
प्रतिस्ठानमा उपचारका लागि आउने नागरिकलाई बिमा बोर्डले समावेश गरेका औषधि नदिने तथा अस्पताल हाताबाहिर सञ्चालित निजी फार्मेसीमा पठाउने गरेको भन्दै बिमितलाई तुरुन्त प्रतिस्ठानबाटै औषधि उपलब्ध गराउने रिट निवेदनमा माग गरिएको छ ।
Related