कास्कीमा उपनिर्वाचनको तयारी पुरा, सबै स्थानमा पुग्यो, मतदान सामाग्री
"निर्वाचनका लागि आवश्यक कर्मचारी र निर्वाचन सामग्री मतदान केन्द्रमा "
तपाईको प्रतिक्रिया





मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी र निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुगिसकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडाइँ गरिने बताउँदै सुरक्षाको हिसाबले सुरक्षित हुने गरी सम्पूर्ण तयारी भईसकेको उहाँले बताउनुभयो ।
आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उहाँले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने जानकारी दिनुभयो । उहाँले सादा पोशाकमा सुरक्षाकर्मी पनि आवश्यकताअनुसार तैनाथ हुने बताउनुभयो । शान्तिपूर्ण रुपमा मतदान गर्ने गरी तयारी पूरा भएको जानकारी दिँदै प्रजिअ भट्टले कुनै पनि ठाउँमा केही घट्ना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने गरी तयारी अवस्थामा राखिएको बताउनुभयो ।
यता कास्की क्षेत्र नं २ मा भोली शनिबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ३२ मतदान स्थल र ८२ मतदान केन्द्रमा मतदान सामाग्री पुगेको छ ।
मतदान प्रकृयाका आवश्यक काम धमाधम भैरेहको जिल्ला निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित ५६ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेको छ ।
मतपत्रलगायत निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित मतदानस्थलमा पुगेर सर्वदलिय बैठक सम्पन्न गरिसकेका छन ।
कतिपय मतदान स्थलमा आवश्यक संरचना निर्माणका काम पनि शुरु भैसकेको छ । उपनिर्वाचनमा ४५० कर्मचारी परिचालन गरिएको छ । मतदाता संख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइएको छ । मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिनेछ ।
मतदानका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । मतदातालाई निर्धक्क भएर आफ्नो अभिमत जायर गर्न सबैलाई आग्रह गरिएको छ ।
Related