• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साग पुरुष भलिबलः समूह चरणबाटै बाहिरियो नेपाल

  •      /१३ मंसिर २०७६, शुक्रबार १४:४९ ,  प्रकाशीत
  • दोस्रो खेलमा भारतसँग ३-० सोझो सेटमा पराजित हुँदै नेपाल घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ।

    शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग २५-१५, २५-१३ र २५-१६ को नतिजामा पराजित हुदाँ घरेलु मैदानमा पदक जित्ने सपना अधुराे बनेको छ।

    बुधबार भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग ३-२ को नतिजामा अनपेक्षित पराजय बेहोरेको थियो।जितसँगै भारत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बंगलादेशले उपविजेताको हैसियतमा अन्तिम चारमा स्थान बनाएको छ।

    भारतले समूह ‘बी’को उपविजेतासँग फाइनल प्रवेशका लागि आइतबार खेल्नेछ। त्यस्तै बंगलादेशले फाइनल प्रवेशका लागि समूह ‘बी’को उपविजेतासँग आइतबार नै खेल्नेछ।

    समूह ‘बी’को शनिबार हुने श्रीलंका र पाकिस्तानबीचको अन्तिम खेलले समूह विजेता तथा उपविजेताको टुङ्‍गाे लगाउनेछ।माल्दिभ्सलाई पराजित गरेका श्रीलंका र पाकिस्तान दुवै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। यद्यपि, समूह विजेता र उपविजेताका लागि भने शनिबार प्रतिस्पर्धा हुनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.