शान्ती उदय मावीमा मतदान गरिनउम्मेदवार विद्या भट्टराईले
" कास्कीका २१ मतदाता मध्ये १३ जनाले आफैँले आफैँलाई भोट गर्न पाउने छैनन् "
तपाईको प्रतिक्रिया





पोखरा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी उमेद्वार विद्या भट्टराई अधिकारीले मतदान गरेकी छन् । उनले पोखरा ३३ भरतपोखरीको शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान पौने १० बजे लाईनमा बसेर मतदान गरेकी हुन् ।
कास्की २ मा उम्मेदवार बनेपनि १३ जना उमेदवारहरुले आफैलाई मतदान गर्न पाउने छैनन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन नपाउने भएका हुन् ।
साझा पार्टीकी रजनी केसीले पोखरा ४ बाट मतदान गरेकी छिन् । राप्रपाका रोमबहादुर भण्डारीले पनि मतदान गरेका छन् । उनले पोखरा १५ बाट मतदान गरेका हुन् ।
यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैलाई मतदान गर्न पाउने भाग्यमानी हुन् । उनले पोखरा २१ बाट मतदान गर्ने छन् । राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् ।
त्यस्तै साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन्। समाजवादीका धर्मराज गुरुङले पोखरा १६ को शान्ति माविमा मतदान गर्नेछन ।
कास्कीका २१ मतदाता मध्ये १३ जनाले आफैँले आफैँलाई भोट गर्न पाउने छैनन्। उनीहरु निर्वाचन क्षेत्र भन्दा बाहिरका स्थायी बासिन्दा छन्।
Related