• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीमा ६४ प्रतिशत मत खस्यो, आज १० बजेदेखि मतगणना हुने

"अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट ७० प्रतिशत भन्दा बढी मत खसेको थियो  "
  •      /१४ मंसिर २०७६, शनिबार १३:५६ ,  प्रकाशीत
  • एकमात्रै प्रतिनिधिसभाको उपनिर्वाचन भएको कास्की २ मा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले ठ्याक्कै तथ्यांक दिएको छैन । यद्यपी वडागत रुपमा हिसाव गर्दा ६४ प्रतिशत मत खसेको बुझिएको छ । निर्वाचन कार्यालयले पनि ६४ प्रतिशत नै अनुमान लगाएको छ ।

    अहिले मतपेटिका संकलन भैरहेको छ । कास्की २ मा पोखराका ११ वटा वडा पर्छन् । केही शहरी वडा भएपनि ग्र्रामिण वडाहरु धेरे पर रहेको र सडक सञ्जाल राम्रो नभएका कारण मतपेटिका जम्मा गर्न केही लामो समय लाग्ने बताईएको छ ।

    यहाँ ७१ हजार ८ सय ७१ जना मतदाता थिए । त्यसमध्ये ४५ हजार ६ सय १७ मत खसेको मतदान अधिकृतहरुले दिएको तथ्यांक जोेड्दा हिसाव निस्किन्छ । मतदान अधिकृतहरुको सूचना अनुसार वडा नम्बर २ मा १ हजार ५ सय ४० मत खसेको छ भने ७ नम्बर वडामा २ हजार ९ सय १७, ८ मा ३ हजार ९ सय ३९, ९ मा ३ हजार ३८, ११ मा ३ हजार ८ सय २१ र १५ वडामा ४ हजार ८ सय ४ मत खसेको छ ।

    यस्तै, १६ नम्बरमा ६ हजार ५ सय २६, १७ मा ६ हजार ३ सय ९२, २० मा २ हजार २ सय ४१, २१ मा ४ हजार ७ सय ५८ र ३३ नम्बर वडामा ५ हजार ६ सय ४१ मत खसेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै ३३ नम्बर वडामा मतदान भएको छ । नेकपाकी उम्मेदवार विद्या भट्टाईले पनि यही वडाबाट मतदान गरेकी थिईन् ।

    अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट ७० प्रतिशत भन्दा बढी मत खसेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.