• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीका तीन मतदानस्थल नजिक बम विस्फोट

  •      /१४ मंसिर २०७६, शनिबार ०३:३९ ,  प्रकाशीत
  • पोखराका ३ ठाउँमा बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा विस्फोट भएको हो ।

    नवप्रभातको स्कुल गारोमा नै क्षति पुगेको छ भने सरस्वती टिकाको केही पर विस्फोट भएको हो । शान्ति माविको पर्खाल बाहिर भएका कारण खासै क्षति छैन । बम विस्फोट भएपछि केही बेर मतदाताहरु तितरवितर भएका थिए ।

    अहिले नियमित मतदान भैरहेको प्रहरीले जनाएको छ । मतदान सुरु भएलगत्तै त्यस ठाउँमा बम पड्किएको थियो । शान्ति माविमा २ पटक विस्फोट भएको छ । मतदान सुरु भए लगत्तै एक पटक र पौने ९ बजेतिर दोश्रो पटक बम पड्किएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।

    पर्खाल बाहिर विस्फोट भएका कारण खासै क्षति भएको छैन । बम पड्किएपछि केही मतदाताहरुमा त्रास बढेको र केही मत कम खस्न सक्ने आँकलन गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.