जनतालाई निराश पार्दिनँ : विद्या भट्टराई
" भूमिहीनको समस्यालाई समाधान गर्दै एक वर्षभित्र लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता "
तपाईको प्रतिक्रिया





कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पोखरालाई ‘उज्यालो र समृद्ध शहर’का रूपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् । सोमबार पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै भट्टराईले पोखरालाई उज्यालो सहरका रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय तहसँग विशेष समन्वय गर्ने बताएकी हुन् ।
विकास र जनजीविका आफ्नो प्राथमिकताका विषय भएको पनि उनले बताइन् ।उनले जनताको अपेक्षालाई मन, वचन र कर्मले पूरा गर्ने बाचा गरिन् । ‘कास्कीमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता पूर्वाधारको विकासमा मेरो पहलकदमी रहनेछ’, उनले भनिन, ‘नागरिकका हक, अधिकारका लागि सदैव लड्न प्रतिबद्ध छु ।’
अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई द्रुत गतिमा अघि बढाउन आफूले भूमिका खेल्ने उनले बताइन् ।भट्टराईले भूमिहीनको समस्यालाई समाधान गर्दै एक वर्षभित्र लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले निर्वाचित सांसद भट्टराईलाई बधाइ मन्त्री भएको हेर्न चाहेको बताए । यसका लागि केन्द्रीय कमिटीसँग छलफल गर्ने उनले बताए । कम्युनिस्ट सरकारलाई असफल भन्नेहरूका लागि कास्की २ को मतपरिणाम ‘झापड’ भएको मुख्यमन्त्री गुरूङको भनाइ छ ।
नेकपाका गण्डकी प्रदेशका सह—इन्चार्ज खगराज अधिकारीले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको उच्च सम्मानका साथ अनुमोदन भएको बताए । कास्की २ मा विद्या भट्टराईले जित हासिल गरेसँगै ठूलो जिम्मेवारी थपिएको बताए ।
Related