• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्रायथलनमा नेपाललाई सोनीले दिलाइन् स्वर्ण पदक

"पोखरामा भएको महिला ट्रायथोलनमा नेपालले स्वर्ण पदक जितेको छ भने पुरुष तर्फ कास्य पदक "
  •      /१६ मंसिर २०७६, सोमबार ०७:१२ ,  प्रकाशीत
  • १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरामा भएको महिला ट्रायथोलनमा नेपालले स्वर्ण पदक जितेको छ भने पुरुष तर्फ कास्य पदक जित्न सफल भएको छ ।

    नेपालका लागि सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएइन भने पुरुष तर्फ नेपालका लागि नितेश मानन्धरले काष्य पदक जित्न सफल भए । पुरुष तर्फको स्वर्ण पदक भने भारतले जितेको छ ।

    पुरुष तर्फ भारतका आदर्शमान सिनामोलले स्वर्ण पदक जिते । रजत पदक पनि भारतकै अर्का खेलाडी विश्वजीत सकिमको हात पारे ।

    ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले कास्य पदक हात पारिन् ।

    गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.