• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा पब्लिकले रजत जयन्ती मनाउने

  •      /१७ मंसिर २०७६, मंगलवार १०:५७ ,  प्रकाशीत
  • पोखरा १४ चाउथेस्थित स्वागत नगरको पोखरा पब्लिक स्कुलले रजत जयन्ती विविध कार्यक्रम गरी मनाउने भएको छ । स्कुलले मंसिर १८ गतेदेखि पुस ११ गते सम्म विविध कार्यक्रम गरी रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीले जानकारी दिए ।

    प्राचार्य केसीका अनुसार रजत जयन्तीका अवसरमा मंसिर १८ गते मादी गाउँपालिकाको वडा नम्बर ११ भगवती बरालडाँडामा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण, शोभा आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण र विद्यालयलाई २५ हजार सहयोग हस्तान्तरण गरिनेछ ।

    मंसिर १९ गते शिशुवाको सहेलोपाखाको वृद्ध तथा बाल आश्रममा खाद्य,लत्ता कपडा लगायतका सामग्री वितरण, २१ गते विद्यालय प्रांगणमा स्वास्थ्य शिविर, २७ गते शैक्षिक प्रदर्शनी, २९ गते अन्तर विद्यालय चित्र तथा निबन्ध लेखन प्रतियोगिता गरिनेछ ।

    पुस १ गते पुरस्कार वितरण र पुस ११ गते रजत जयन्तीको विशेष कार्यक्रममा गायक प्रमोद खरेललाई सम्मान, सांस्कृतिक कार्यक्रमको साथमा अभिभावक दिवस मनाइने केसीले जानकारी दिए । उक्त दिन विद्यालयले रजत जयन्तीका अवसरमा प्रकाशन गर्न लागेको स्मारिका पनि विमोचन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तप्रसाद पराजुलीले जानकारी दिए ।

    विद्यालय स्थापना हुँदा २५ जना विद्यार्थी रहेकोमा अहिले १ हजार १ सय २५ जना विद्यार्थी अध्ययनरत र ७५ जना शिक्षक कार्यरत रहेको प्राचार्य केसीले बताए । २०७१ सालको एसएलसी परीक्षामा कास्की जिल्ला प्रथम, २०७२ को एसइईमा कास्की जिल्ला प्रथम र नेपालमा दोस्रोहुँदै हरेक एसइई परीक्षामा उत्कृष्टसहित सतप्रतिशत नजिता ल्याउन सफल भएको केसीले बताए ।

    २०५१ सालमा पोखराको चिप्लेढुंगामा स्थापना भएको विद्यालय २०६६ सालदेखि पोखराको चाउथेमा रहेको सुविधा सम्पन्न आफ्नै भवनमा सञ्चालनहुँदै आएको छ । ‘ज्ञान नै ऊर्जा हो,’ भन्ने नाथका साथ स्थापना भएको विद्यालयले गुणस्तरीय शिक्षा र अनुशासनमा जोड दिँदै आएको केसीले बताए ।

    ‘विद्यार्थीलाई सामाजिक कार्यमा सहभागी गराउन विद्यालयमा विद्यार्थी कल्याणकारी समिति गठन गरिएको छ,’ केसीले भने,‘कक्षा ६ देखि १२ सम्मका प्रत्येक विद्यार्थीले महिनामा ५ रुपैयाँ कल्याणकारी समितिमा जम्मा गर्दछन् र कोषमा जति रुपैंयाँ जम्मा हुन्छ त्यत्तिनै रकम विद्यालयले थपेर सामाजिक कार्य र ज्येष्ठ नागरिक, गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्दै आएका छौं ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.