• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साग महिला क्रिकेट ; बंगलादेश ७ विकेटले विजयी

  •      /१७ मंसिर २०७६, मंगलवार १४:२३ ,  प्रकाशीत
  • पोखरा । १३ औं दक्षिण एशियाली महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

    टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले पुरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो । श्रीलंकाको तर्फबाट यु थिमासिनीले ५६ रनको पारी खेलिन् ।

    ४९ बलको सामना गरेकी उनले ४ छक्का र ५ चौका प्रहार गरेकि थिइन् । क्याप्टेन एच माधवीले ३० बलमा १ छक्का र २ चौका प्रहार गर्दै ३३ रन बनाइन् । त्यस्तै एस संदिपनीले १२ रन जोडेकी थिइन् भने बंगलादेशले अतिरिक्त ७ रन दिएको थियो । बंगलादेशको बलिङ्गमा नहिदा अख्तरले ४ तथा जहनर आलमले १ विकेट लिइन् ।

    १ सय २३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पार गरेको थियो । बंगलादेशको तर्फबाटसंजिदा इस्लामले अभिजित ५१ तथा आयसा रहमानले २९ रनको महत्वपूर्ण योगदान दिए ।

    संजिदाले ४५ बलमा ८ चौका प्रहार गरिन भने आयसाले २ चौका प्रहार गरेकि थिइन् । खेलको अन्तिम तिर ब्याटिङमा आएकि फरगंगा हकले अभिजित रहँदै २३ रन बनाइन् । मात्रै १८ बलको सामना गरेकि उनले १ छक्का १ चौका प्रहार गरिन् ।

    श्रीलंकन बलरहर यु थिमासिनी, एस निसानसला र थारिक सिवान्डीले समान एक–एक विकेट लिए । खेलमा बंगलादेशकि संजिदा प्लेयर अफ द म्याच भइन् । नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले उनलाई ट्रफि प्रदान गरेका थिए ।

    खेलपछि प्रतिक्रिया दिंदै बंगलादेशी कप्तान सलमान खातुनले क्रिकेटका लागि पोखराको वातावरण निकै राम्रो भएको बताउँदै पहिलो खेलमा आफ्ना खेलाडीहरुको प्रर्दशन चित्त बुझ्दो भएको बताइन् । श्रीलंकाकी कप्तान हर्षिताले वलिङ र फिल्डीङमा अझै सुधारको खाँचो रहेको औल्याइन् ।

    प्रतियोगिता अन्तर्गत बुधबार विहान ९ बजे नेपाल र बंगलादेशविच तथा दिउँसो १ बजे श्रीलंका र माल्दिभ्सविच प्रतिस्पर्धा हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.