• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१३ औं साग अन्र्तगत पोखरामा विहिबार देखि आर्चरी सुरु हुने

"पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने "
  •    सुभेक्षा न्युज  /१८ मंसिर २०७६, बुधबार १८:१० ,  प्रकाशीत
  • १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्र्तगत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएको छ ।

    मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए ।

    उनका अनुसार नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् । प्रतियोगिता विहिबार बिहान करिब ८ः१५ बजे उद्घाटन पश्चात र्याङकिङ राउण्ड सुरु हुने भएको उपाध्यक्ष थकालीले बताए ।

    टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्प्रर्धा हुने भएको छ । त्यसै गरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्स तर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने भएका हुन् ।

    प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले र्याङकिङ गर्ने भएको छ । विश्व आर्चरी महासंघबाट प्रतिवन्ध (सस्पेन्स) भएको भारत १३ औं सागमा सहभागी नहुने भएको छ । अन्तिम समयमा आएर दबाबका बाबजुत दर्ता भएको भारतको आर्चरीको टिमलाई सागमा सहभागि नहुने साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले निर्णय गरेको हो ।

    राखेपसंग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दा समेत नदिएकोले हाल आफुहरुलाई प्रशिक्षण मैदानको अभावमा खेल स्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए ।

    पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अबस्थामा महिला क्रिकेट भएसंगै आर्चरीलाई प्रशिक्षणको लागि ठाउँ अभाव भएको हो ।

    पोखरामा आर्चरी यही मंसिर २३ गतेसम्म हुने भएको खेलाडी योगेन्द्र शेरचनले बताए । उनका अनुसार २२ र २३ गते पदकको लागि फाइनल खेल हुन्छ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिष्प्रर्धा हुने भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.