महिला ह्याण्डबलमा नेपाल सेमीफाईनल प्रवेश
"पोखराको बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिष्पर्धामा नेपालले वंगलादेशलाई पराजित "
तपाईको प्रतिक्रिया





पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भईरहेको महिला ह्याण्डबल प्रतियोगितामा नेपाली टीम सेमीफाईनलमा प्रवेश गरेको छ ।
विहीबार पोखराको बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिष्पर्धामा नेपालले वंगलादेशलाई पराजित गरेको हो । नेपाल वंगलादेश विरुद्ध २६–२४ गोल अन्तरले विजयी भएको हो ।
नेपालका लागि उमा राईले सर्वाधिक ८ गोल गरिन् । उनले ७ गोल पेनाल्टीमार्फत गरेकी हुन् ।नेपालका लागि निशा राईले ५, कविता राई र रञ्जना राईले समान ४ गोल, शान्तिकला राई र आईतलामा शेर्पाले २÷२ गोल र कल्पना ओलीले एक गोल गरेका हुन् ।
Related