• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बंगलादेश महिला क्रिकेटको फाइनलमा

  •     शुभेच्छा न्यूज  /१९ मंसिर २०७६, बिहीबार १५:१४ ,  प्रकाशीत
  • बंगलादेश १३ औं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो ।

    बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको बंगलादेशले पुरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको थियो । बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे । प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रन जोडेका थिए ।

    ६५ बलको सामना गरेकि सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन् । विस्फोटक व्याटिङ्ग गरेकि फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकि थिइन् । मालदिभ्सयको बलिङ्गमा समा अलिले १ विकेट लिइन् । बंगलादेशका समिमा सुल्तान रनआउट भएकी थिइन् ।

    जितका लागि २ सय ५६ रनको लक्ष्य पछ्याएको मालदिभ्सको पारी मात्रै ६ रनमा समेटियो । मालदिभ्सका समा अलिले २ तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाए । दुई रन अतिरिक्त रनका रुपमा पाएका थिए । बंगलादेशको बलिङ्गमा रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिए भने रबेया खान र पुजा चक्रावर्तीले पनि एक एक विकेट लिए ।

    यो संगै राउण्ड रोबिनका पुरै तीन खेलमा जित हाँसिल गरेको बंगलादेश शिर्षस्थानमा रहँदै फाइनल पुगेको हो । बंंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले तथा दोश्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

    नेपाललाई खेल जित्नैपर्ने दवाव

    फाइनल पुग्नका लागि अब नेपालले श्रीलंका विरुद्ध शुक्रबार हुने खेल जित्नै पर्ने भएको छ ।

    राउण्ड रोविनमा नेपाल र श्रीलंका दुवैले १ खेलमा जित तथा १ खेलमा पराजय व्यहोर्दै समान २–२ अंक जोडेका छन् । नेपाल र श्रीलंका दुवैले मालदिभ्सलाई पराजित गरेर आ–आफ्नों खातामा समान दुई अंक जोडेका हुन् । तर नेट रनरेटको आधारमा नेपाल लिगको दोश्रो स्थानमा रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.