• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘कानुन निर्माण गर्दा तीन तहबीच समन्वय जरुरी’

"अन्तर–प्रदेश अन्तक्र्रिया पोखरामा "
  •     शुभेच्छा न्यूज  /२० मंसिर २०७६, शुक्रबार १७:३८ ,  प्रकाशीत
  • राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताउनुभएको छ ।पोखरामा आयोजित अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान तथा अन्तक्र्रिया कार्यक्रम बोल्दै अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले नयाँ संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

    संघीयता नेपालका लागि नयाँ भएकाले अभ्यासमा केही चुनौती भएपनि तीन तहको अन्तर समन्वयबाट अगाडि बढे देशको समृद्धिको लक्ष्य हासिल हुने धारणा उहाँले राख्नुभयो ।

    अध्यक्ष तिमिल्सिनाले तीन तहको अधिकार सूची संविधानले तोकिदिएको बताउँदै अहिले देखिएका समस्या जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत स्वभाव र मानसिकताका कारण सृजना भएको बताउनुभयो ।

    आफ्नो तहलाई सबल बनाउन र अधिकार बढी प्राप्त गर्न खोज्नु स्वभाविक भएपनि जनप्रतिनिधिले देशको हित र विधि स्थापनाका लागि काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

    ‘जनप्रतिनिधि भनेको तोकिएको अवधिसम्म सो जिम्बेवारीमा रहने हो । संविधान, कानुन वा विधि भनेको सधैका लागि हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले नयाँ संविधानले अंगिकार गरेको परिवर्तनलाई आत्मसाथ गर्दै सरोकारवालासँग छलफल गरेर कानुन निर्माण गर्नुपर्छ ।’

    राष्ट्रिय सभा प्रदेश र स्थानीय तहको सरोकार राख्ने सभा भएकाले कानुन बनाउँदा आपासी समन्वय र छलफलमा जोड दिने प्रतिबद्धता अध्यक्ष तिमिल्सिनाले व्यक्त गर्नुभयो ।उहाँले संघीय संसदले प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित विधेयक आगामी अधिवेशनबाट पारित गर्ने जानकारी दिनुभयो ।

    छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले तीन तहलाई सक्रिय बनाउन नसकेसम्म संघीयताको कार्यन्यन जटिल हुने बताउनुभयो । उहाँले देश नयाँ संरचनाको अभ्यासमा भएकाले कानुन निर्माणदेखि सरकार सञ्चालनमा तीन तहबीच आपासी छलफल र समझदारी आवश्यक पर्ने धारणा राख्नुभयो ।

    त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहबीच कानुन निर्माणमा समन्वय हुन जरुरी रहेको बताउनुभयो । उहाँले संघीयताको कार्यन्वयन प्रदेशलाई बलियो नबनाएसम्म सम्भव नभएको बताउँदै सातै प्रदेश सरकार, संसद र अन्य निकायले सहकार्य, सहअस्तित्व र समन्वय गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

    राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले राष्ट्रिय सभा प्रदेश र स्थानीय प्रतिनिधिको पनि प्रतिनिधिमुलक सभा भएकाले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले सात प्रदेशका सभामुख र उपसभामुखले पनि आफ्नो काममा एकरुपता दिन अनुभव आदान–प्रदान जरुरी रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रदेश सभाका सभामुख तथा उपसभामुखले सभा सञ्चालन गर्दाका अभ्यास, अनुभव र चुनौतीबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।त्यसैगरी संविधान सभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले सभा सञ्चालनको अवसर, चुनौती र अनुभव बारे धारणा राख्नुभएको थियो ।

    त्यस्तै, संघीय संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले सभा सञ्चालनको अनुभव बारे कार्यक्रममा बोल्नुभएको थियो । तीन दिनसम्म चल्ने कार्यक्रममा संघीय संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष दहाल, सात प्रदेशका सभामुख उपसभामुख, कर्मचारीलगायतको सहभागिता रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.