• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लभ्ली हिलमा साझा पार्टीको सरसफाइ

  •     शुभेच्छा न्यूज  /२१ मंसिर २०७६, शनिबार १८:०८ ,  प्रकाशीत
  • साझा पार्टी कास्कीले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ । मंसिर १४ को उपनिर्वाचनमा चुनावी घरदैलोमा पुग्दा सरसफाइमा जुटेको पार्टीले निर्वाचन सकिए पछि शनिबार पोखरा(१८ लभ्ली हिलमा सरसफाइ गरेको हो ।

    पार्टीको कास्की जिल्ला अभियान विभागको आयोजनामा भएको सरसफाइमा १७ बोरा फोहोर संकलन गरिएको अभियान विभागका संयोजक लीलाधर लामिछानेले जानकारी दिए ।

    पार्टीका जिल्ला समितिका पदाधिकारीसहित १५ जनाको टोली शनिबार सबेरै लभ्ली हिल पुगेको थियो । सरसफाइमा पुगेको टोलीले त्यहाँ सन्देशमूलक प्लेकार्ड पनि गाडेर छाडेको छ ।

    सरसफाइ गरेर मात्र नहुने भएकाले आफूहरुले जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि निरन्तरता दिने संयोजक लामिछानेले बताए ।

    उनले भने, ‘यो हाम्रो सुरुआत मात्र हो र यसलाई निरन्तरता दिन हामी कुनै कन्जुसाईँ गर्दैनौँ । सरसरफाइ गर्नुभन्दा पनि फोहोर फाल्न हँदैन भन्ने चेतना जगाउनु आवश्यक छ ।’

    पोखरालाई प्रदुषणमुक्त शहर बनाउनका लागि आगामी दिनमा पोखरा महानगरपालिकासँग समन्वय गरेर अभियानलाई निरन्तरता दिने पार्टीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.