• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पारिवारीक बन गण्डकी प्रदेशमा–ठकुरी

  •     शुभेच्छा न्यूज  /२१ मंसिर २०७६, शनिबार १८:०१ ,  प्रकाशीत
  • पारिवारीक निजी बन सङघ नेपाल गण्डकी प्रदेशको सम्पन्न प्रथम अधिवेशनले जीवनविक्रम ठकुरीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

    चार बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा लुना थापा मगर, सचिव सन्तु सुवेदी, सह–सचिव दमनबहादुर गुरुङ, कोषाध्यक्षमा दुर्गाप्रसाद पराजुली रहनु भएको छ ।

    समितिको सदस्यमा काविता अर्याल, हरिप्रसाद शर्मा, रत्ना भण्डारी, देवी विष्ट, वमबहादुर थापा, लिला दवाडी, इश्वरीप्रसाद भुसाल, इश्वर वानिया, गोपालकृष्ण भण्डारी, भरत कट्टेल, रश्मी बानिया, सम्भु थापा, दिपा अधिकारी, रमेश बानिया, गिता अधिकारी, सुभित्रा बास्याल, विष्णु गुरुङ चयन हुनु भएको छ ।

    गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले सो अधिवेशनको उद्घाटन गर्दै आर्थिक समृद्धिका लागि प्राकृतिक श्रोत साधानलाई भरपुर उपयोग गरिने तयारी भई रहेको बताउनुभयो ।

    ‘अव विरुवा हैन रुख रोप्ने’ प्रदेश सरकारले तयारी गरिरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि १० फिट भन्दा बढी उचाईको विरुवा रोप्ने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

    सरकारको “समृद्ध नेपाल सुखी नेपाली” अभियानलाई सफल बनाउन दिगो बन व्यवस्थापनसंगै रोजगार सिर्जना गर्नका लागि राष्ट्रिय र निजी बनको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्दै उहाँले वन पैदावार निकासीमा रहेको कानूनी अड्चनलाई सुलभ बनाइने बताउनुभयो ।

    पारिवारीक निजी बन संङघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले नेपालका वनमा काठ सडेर जाने र विदेशबाट ठूलो धनराशीको काठ पैठारी हुने गरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि आवश्यक नीति कानून निर्माण गरेर आयात घटाउन उद्योग सञ्चालन गर्ने बातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

    निजी वन अन्तर्गत मुलुकका १३ लाख घरधुरीले पाँच लाख ३२ हजार ९९२ रुखको व्यवस्था गर्दै आएको बताउँदै उहाँले बन क्षेत्रबाट मात्र १६ करोड क्यूफिट काठ उत्पादन गर्दै १५ लाख युवालाई रोजगार प्रदान गर्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.