• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

युवा उद्यमीसँग रोट्रयाक्टरको भेला

  •    शुभेच्छा न्यूज  /२२ मंसिर २०७६, आईतवार १९:३० ,  प्रकाशीत
  • विभिन्न व्यवसायमा आबद्ध ३० वर्षमुनिका दुई सय पचास भन्दा बढि युवाहरु । चर्चित युवा उद्यमी शिक्षित भट्ट, अहमद दुल्ला, पर्यटन उद्यमी कर्ण शाक्य, आनन्दराज मुल्मी, नायिका करिश्मा मानन्धर, युवा व्यवसायी अर्जुन पोखरेल ।

    शनिबार पोखरामा भेला भएका यी युवाहरुको समूहलाई यिनै युवा उद्यमीहरुले आफ्ना उद्यमका अनुभव सुनाए । उद्यमी बन्न चाहने युवाहरुलाई बिजनेश टिप्स र सक्सेस मन्त्रहरु सुनाए ।

    रोट्रयाक्ट डिष्ट्रिक जोन ४ ले आयोजना गरेको यस कार्यक्रममा रोट्रयाक्टरहरु सहित बाह्य क्षेत्रका उद्यमी तथा युवाहरु सहभागी थिए ।भेला सुरु भयो । उद्यमीहरुले आफ्ना अनुभवहरु शेयरिङ गरे । सहभागीका प्रश्न सुने र जवाफ दिए ।

    ‘जीवन यथार्थ हो ।’ व्यवसायी कर्ण शाक्यले युवाहरुलाई सुनाए, “शैक्षिक प्रमाणपत्रले मानिस नोकर बन्छ, मालिक बन्न आफै व्यवसाय गर्नैपर्छ, गल्ती गर्नैपर्छ ।”

    उनले जवाफ दिनुको पछाडि सहभागीहरुले सफलता र शिक्षाको बारेमा प्रश्न गरेका थिए ।“म पढाईमा लद्धु थिएँ, मलाई अहिलेसम्म हिसाब आउँदैन, १२ पास भइसकेपछि केही लक्ष्य थिएन ।” द फ्याक्ट्री टिमका सञ्चालक अहमद दुल्लाले व्यवसायी सुरुवातीका अनुभव सुनाए ।

    अहिलेका चर्चित जुत्ता व्यवसायी दुल्लालाई सुरुवातमा परिवारले पनि साथ दिएन । विदेश गएर कमाउ भन्ने सुझाव परिवारले दिन्थे, सानो जातले गर्ने काम भनेर पनि उनलाई होच्याउने गरिन्थ्यो । उनको अनुभव छ ।

    चर्चा र बहसमा छ टुटल । राइड सेयरिङ एप टुटलका को–फाउण्डर शिक्षित भट्टले युवालाई शिक्षित गरे, “टुटल मोबिलाइजेसनको कुरा हो ।”

    सहभागीहरुले टुटलका अहिलेको अवस्थाको बारेमा प्रश्न सोधे र भट्टले जवाफ दिए । अन्तरक्रिया गरे । टुटल सुरु गनुपूर्व जागिरे जीवन छाडेको अनुभव सुनाए ।

    फरकफरक सेसनमा शनिबार करिब ६ घण्टा उद्यमी बन्न ईच्छुक युवा र युवा उद्यमीको अन्तरक्रिया चल्यो ।पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले नीतिगत प्रक्रियाका बारेमा युवाहरुलाई जानकारी दिए । नेष्डो नेपालका सञ्चालक विश्वप्रसाई ठकुरीले वित्तीय साक्षरताको बारेमा सहजीकरण गरे ।

    उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको रोट्रयाक्ट जोन ४ का जेडआरआर सुदिप प्रसाई ठकुरीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.