• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रहरीको मानसिक यातनाले पत्रकार विस्थापित

  •     शुभेच्छा न्यूज  /२२ मंसिर २०७६, आईतवार ०९:०८ ,  प्रकाशीत
  • नेपाल पत्रकार महासंघले नेपाल पत्रकार महासंघ कास्की शाखाका सदस्य तथा न्यूज २४ टेलिभिजनका पोखरा संवाददाता राजेन्द्र अधिकारीलाई प्रहरीले यातना दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    महासंघका महासचिव रमेश विष्टले शनिबार जारी गरेको विज्ञप्तिमा समाचार लेखेकै विषयमा यातना दिने कार्य संविधान विपरीत हुने ठहर पनि महासंघको भएको उल्लेख छ।

    ‘समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोसाकका प्रहरी खटाइ पत्रकार अधिकारीमाथि निगरानी गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण छ’, विष्टले भनेका छन्, ‘समाचारप्रति गुनासो एवं चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै प्रहरीको जिम्मेवार अधिकारीबाट कुनै पनि बहानामा पत्रकारलाई मानसिक तथा शारीरिक यातना दिने र विस्थापित हुन बाध्य पार्नु आफैंमा निन्दनीय हुनुका साथै संविधानविपरीतको कार्य हुने महासंघको ठहर छ।’

    प्रहरीले चलाएको जुवा अप्रेसन’ का विषय न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेको भन्दै आफूलाई प्रहरी प्रमुख एसपी कार्कीले मानसिक यातना दिई पोखराबाट विस्थापित हुन बाध्य पारेको पत्रकार अधिकारीले बताएका छन्।

    महासंघले प्रहरीबाट यातनाको भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षितरुपमा काम गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.