लमजुङमा यात्रुबाहक बस दुर्घटना,एकको मृत्यु, ७ घाइते
"बेसीशहरबाट गोरखा तर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस दुर्घटना "
तपाईको प्रतिक्रिया





पोखरा । लमजङमा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा परी ७ जना घाइते भएका छन् । सदरमुकाम बेसीशहरबाट गोरखा तर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस आइतवार बिहान दुर्घटना भएको हो ।
यात्रुबाहक बस अनियन्त्रित भई पाउँदी खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ । दुर्घटनामा परी अन्दाजी ३५ वर्षीया एक महिलाको मृत्यु भएको छ । उनको परिचय खुलेको छैन ।
दुर्घट्नामा गम्भिर घाइते भएकी महिलालाई उपचारको लागी कर्मदा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेको लमजुङका डिएपी रविन्द्रमान गुरुङले बताए ।
उनका अनुसार बस सडकबाट करिब १०० मिटर तल खोलामा खसेको छ ।
दुर्घटनामा परी घाइते भएका ७ जना मध्ये ४ जनालाई उपचारका लागी चितवन लगिएको छ भने एक जनाको स्थानिय अस्पताल कर्मदामा उपचार भइरहेको छ । दुई जना सामन्य घाइते भएका छन्।
Related