• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भुटानलाई हराउँदै नेपालले चुम्यो पुरुष फुटबलमा स्वर्ण

" नेपालको यू-२३ ले भुटानलाई २-१ ले पराजित गर्दै चौथो पल्ट सागमा स्वर्ण जित्यो "
  •    शुभेच्छा न्यूज  /२४ मंसिर २०७६, मंगलवार १७:३३ ,  प्रकाशीत
  • १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण नेपालले चुमेको छ। मंगलबार स्वर्णका लागि भएको प्रतिष्पर्धामा नेपालको यू-२३ ले भुटानलाई २-१ ले पराजित गर्दै चौथो पल्ट साग पुरुष फुटबलमा स्वर्ण जितेको हो।

    नेपाल अपराजित रहँदै साग फुटबलको फाइनल पुगेको थियो। नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले गोल गरे। भुटानका लागि एकमात्रै गोल कप्तान चेन्चो ग्याल्सेनले गरे।

    खेलमा अग्रता नेपालले १६औं मिनेटमा अभिषेक रिजालको गोलमार्फत लिएको थियो। अभिषेकले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेको बलले पोष्टको जाली चुम्न पुगेको थियो।

    त्यसपछि दोस्रो हाफमा आक्रामक देखिएको नेपालले थप एक गोल थप्यो। नेपालका लागि सुनिल बलले खेलको ५३औं मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरे। यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाइनल पुगेको थियो।

    पहिलो खेलमा नेपालले भुटानलाई ४-०, दोस्रो खेलमा श्रीलंकासँग १-१ को बराबरी, तेस्रो खेलमा माल्दिभ्सलाई २-१ गोलले हराएको थियो। अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो। भुटानले पहिलो खेलमा बंगलादेशलाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालसंग ४-० ले पराजित भएको थियो। तेस्रो खेलमा माल्दिभ्सलाई २-१ ले हराएको भुटानले लिगको अन्तिम खेलमा श्रीलंकालाई ३-१ ले हराएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.