• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार अधिकारीलाई प्रहरीले आतंकित पारेको प्रति प्रेस युनियनको आपत्ति

  •    सुभेक्षा न्युज  /२४ मंसिर २०७६, मंगलवार १८:३७ ,  प्रकाशीत
  • नेपाल प्रेस युनियन कास्कीले पोखराका पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरी प्रशासनले आतंकित पार्ने काम गरेकोभन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    केही दिन यता पत्रकार अधिकारीलाई विभिन्न वहानामा आतंकित बताउँदा उनी पोखराबाट विस्थापित हुनुपरेको भन्दै तत्काल पोखरा फर्केर पत्रकारिता गर्ने वातावरण निर्माण गर्न माग गरेकोे छ ।
    कुनै पनि वहानामा पत्रकारलाई प्रभावित पारिनु निन्दनीय छ, विज्ञप्तिमा भनिएको छ –पत्रकारलाई आतंकित पार्न छोडेर सुरक्षाको प्रत्याभूति दिन माग गर्दछौं।

    युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार अधिकारीलाई शारीरिक तथा मानसिक याताना दिने उद्देश्यले सादा पोशाकका प्रहरी खटाइ जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी गरेकोप्रति आपत्ति जनाइएको छ ।

    विज्ञप्तिमा राजनैतिक आस्थाका आधारमा पटकपटक पत्रकारलाई पक्राउ गर्ने र यातना दिने क्रम नरोकिएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ ।

    संविधानमा पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएपनि समाचारको विषयलाई लिएर पत्रकारलाई आतंकित पारिनु निन्दनीयसँगै संविधान विपरीत रहेको हाम्रो ठहर छ ।

    नेपाल प्रेस युनियन कास्की प्रहरीबाट हुने यस्ता कार्यको घोर भत्सर्ना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई स्वतन्त्र, निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न जोडदार माग गर्दछ । अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् ।

    हाल उनी न्यूज २४ टेलिभिजनमा आवद्व छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.