१३औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार संकलनका क्रममा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईलााई प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार विहान दशरथ रंगशाला परिसरमा प्रहरीले बिना पास आफ्ना आफन्तलाई रंगशालाभित्र प्रवेश गराउँदै गरेको तथा आधिकारिक पास लिएर समाचार संकलन गर्ने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुव्र्यवहार गर्दै गरेको तस्वीर खिच्ने क्रममा प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार चापागाईमाथि लाठी प्रहार गरेका थिए ।
लाठी प्रहारबाट पत्रकार चापागाईको कानबाट रगत बगी त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।
संवैधानिक दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि जिम्मेवार प्रहरी अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको महासंघले जनाएको छ । प्रहरीको यो हर्कतले पत्रकारलाई हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकार सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ ।
महासंघले प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।
पत्रकार धर्नामा
पत्रकार सुमन चापागाईँमाथि प्रहरीले गरेको आक्रमणलाई लिएर खेल पत्रकारहरुले सुरक्षित रुपमा रिपोर्टिङ गर्न पाउने अधिकारको माग गरेका छन्।
सागको रिपोर्टिङमा खटिएका चापागाईँमाथि सुरक्षार्थ खटिएका डिएसपी सन्तोष राठोरले कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट घाइते भएका उनको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीको ज्यादतीको विषयलाई लिएर एकजुट भएका खेलकुद पत्रकारहरु प्ले कार्डसहित विरोधमा उत्रिए। उनीहरुले ‘गेट वेल सुन नेपाल प्रहरी’, ‘प्रहरी ज्यादती बन्द गर’, ‘समाचार संकलनको अधिकार रक्षा गर’ लगायतका नारासहित प्ले कार्ड लिएर धर्नामा बसेका छन्।
नेपाली पत्रकारमात्र होइन, सागको रिपोर्टिङ गर्न आएका विदेशी पत्रकारहरुले पनि खेलकुद पत्रकार मञ्चको आह्वानमा भएको प्रदर्शनमा साथ दिएका छन्।

Related