• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

देशैभरको मौसम बदली, उच्च पहाडी र हिमाली भेगमा हिमपात

"उच्च पहाडी र हिमाली भेगमा हिमपात  "
  •    शुभेच्छा न्यूज  /२७ मंसिर २०७६, शुक्रबार ०९:५६ ,  प्रकाशीत
  • पश्चिमि निम्न चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम पूर्ण बदली भएको छ । पश्चिम तराईँका क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ ।

    देशका उच्च पहाडी भूभागमा आज दिनभर भारी हिमपातको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना देखिएको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा हिमपातसँगै वर्षा र सामान्य हुरी समेत चल्ने सम्भावना छ । हिमपात र वर्षा भएसँगै देशभर जाडो बढेको छ । पश्चिमि निम्न चापीय प्रणालीको प्रभाव आज रातिसम्म कायमै रहने मौसमविद अर्यालको भनाई छ ।

    काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ । राति बदली भएका कारण आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.