• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा पहिलो आकाशे पुल, मुख्यमन्त्रीद्धारा शिलान्यास

"२ करोड ३० लाख ११ हजार रुपैयाँको लागतमा पुल बन्ने  "
  •    सुभेक्षा न्युज  /२७ मंसिर २०७६, शुक्रबार १८:४३ ,  प्रकाशीत
  • पोखरामा बदढो ट्राफिक जामलाई मध्यनजर गदै आकाशे पुल निर्माण हुने भएको छ । पर्यटकीय शहर पोखरा महानगरपालिका डा नम्वर ८ मा बन्ने पहिलो आकोश पुलको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे ।

    २ करोड ३० लाख ११ हजार रुपैयाँको लागतमा बन्ने पुल चैत मसान्त सम्म निर्माण सम्पन्न गर्ने योजना रहेको महानगर वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले बताए । पोखरा महानगरपालिकाको २ करोड र स्वः सांसद रवीन्द्र अधिकारीले सांसद विकास कोर्षमा मार्फत विनियोजन गरेको ५० लाख रुपैयाँ गरि २ करोड ३० लाख ११ हजारको लागतमा पहिलो आकाशे पुल बन्न लागेको हो ।

    शिलन्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई व्यवस्थित सहर बनाउन पोखराका सडकहरुलाई चार लेनको बनाइने बताए । उनले छोरेपाछन देखि सृजनाचोकसम्मका सडकहरु चार लेनका बनाउने योजना रहेकाले सडक बनाउदाँ भत्काउन नपर्ने गरि पुल बनाउन आग्रह गरे ।

    उनले पोखरा दश वर्षपछि काठमाडौमा जस्तै ट्राफिक जामको समस्या हुने भन्दै अहिल्यैबाट योजनाबद्ध विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । पोखराको सुन्दरता र स्वच्छतालाई कायम राख्नुपर्ने मुख्यमन्त्री गुरुङले बताए ।

    पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद दीपक कोइराला, विन्दुकुमार थापा, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष रुद्रनाथ बराल लगायतले आकाशे पुल निर्माणले ट्राफिक व्यवस्थापनमा सहज हुने बताए ।

    करिब १ वर्षअघिनै निर्माण भएको आकाशेपुलको डिजाईन एक ठाउँबाट चढेपछि सजिलै चारैतिर जान सकिने छ । जमिन मुनी कंक्रिटको प्रयोग हुने छ भने माथी स्टीलको संरचना रहनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.