• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पिपिएलमा पोखराको विजयी सुरुआत

  •    शुभेच्छा न्यूज  /२९ मंसिर २०७६, आईतवार २१:१९ ,  प्रकाशीत
  • कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित पोखरा पल्टन्सले पोखरा प्रिमियर लिग (पिपिएल)अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको छ।

    पोखरा क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको पोखराले १४.१ ओभरमा मात्र एक विकेट गुमाएर १ सय १६ रनको विजयलक्ष्य पूरा गरेको हो।

    यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराका लागि कुशलले ३४ बलमा अर्धशतक पूरा गर्दै अविजित ६५ रनको इनिङ खेले।

    ४३ बलको सामना गरेका ओपनर ब्याट्सम्यान कुशलले ४ चौका र ५ छक्का प्रहार गरेका थिए। त्यस्तै पोखराका रवीइन्दर सिंहले ३२ बलमा अविजित ३८ रन जोडे। आशिफल शेख १० बलमा १४ रन जोड्दै सुषन भारीको एलबिडब्युको शिकार भएका थिए।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेको काठमाडौंका लागि सुषनले एक विकेट बाहेक अन्य बलरले विकेट लिन सकेनन्।पहिलो इनिङमा सुवोध भाटीको ४५ रन मद्दतमा काठमाडौंले १ सय १५ रनको योगफल तयार गरेको थियो।

    टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.