• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘बिलियन डलर स्टोरी’मा चौधरीः ‘अवसर कुर्ने होइन, सिर्जना गर्ने हो’

"युवाहरुले परम्परागत शैली भन्दा माथि उठेर व्यवसाय गर्नुपर्ने  "
  •    शुभेच्छा न्यूज  /२९ मंसिर २०७६, आईतवार २१:०१ ,  प्रकाशीत
  • सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी शनिबार साँझ पोखराका युवा उद्यमीहरुमाझ प्रस्तुत भए । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले आयोजना गरेको ‘बिलियन डलर स्टोरी’ कार्यक्रममा बोल्दै उनले पोखराका युवा उद्यमीहरुलाई लगानीका लागि अवसर सिर्जना गर्न आग्रह गरे ।

    ‘अहिलेका युवा उद्यमीहरुले लगानीका लागि अवसर कुरेर बस्ने होइन,’ उनले भने, ‘आफैले अवसर सिर्जना गर्ने हो ।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको बताउँदै उनले पर्यटन क्षेत्रका लागि विमानस्थलले धेरै अवसर बोकेर आउने बताए । ‘बिमानस्थल आएपछि लगानी गरौंला भनेर सोच्ने होइन,’ उनले भने, ‘त्यतिबेलाको सम्भावना बुझेर अहिले नै लगानी गर्ने हो ।’

    अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको ‘कनेक्टिभिटी’ संसारभर बढाउने बताउँदै उनले यहाँ आउने पर्यटकलाई स्तरीय सेवा दिनुपर्ने धारणा राखे । पोखरा संसारकै सुन्दर सहर मध्येमा पर्ने बताउँदै उनले पर्यटन व्यवसायीले यहाँको पर्यटनको सम्भावनालाई बुझ्नुपर्ने बताए ।

    अहिलेका युवाहरुले परम्परागत शैली भन्दा माथि उठेर व्यवसाय गर्नुपर्ने चौधरीले सुझाव दिए ।अर्को प्रसंगमा उनले राजनीतिलाई उद्यममैत्री बनाउनुपर्ने धारणा राखे । राजनीतिलाई उद्यम र व्यवसायमैत्री बनाउन उद्यमीहरु नै राजनीतिमा आउनुपर्ने बताए ।

    कार्यक्रममा पोखराका युवा उद्यमीहरु सहभागी थिए । युवा उद्यमीहरुलाई लक्षित गरी मञ्चले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको अध्यक्ष वैभव पौडेलले बताए । ‘पोखराका युवा उद्यमीहरुलाई उत्प्रेरणा प्रदान गर्न यस्ता कार्यक्रम सफल हुँदै आइरहेका छन्,’ उनले भने ।

    कार्यक्रम संयोजक तथा मञ्चका पूर्व अध्यक्ष अमितराज मुल्मीले विनोद चौधरीको परिचय राखेका थिए । मञ्चका अध्यक्ष वैभव पौडेलको अध्यक्षतामा भएको प्रेसिडेन्ट इलेक्ट पुनित वैद्यले धन्यवाद मन्तव्य र प्रोग्राम चियर सुयास मल्ल कार्यक्रम सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.