• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेखनाथ महोत्सव पुष ३ देखि तालचोकमा हुने

  •    शुभेच्छा न्यूज  /१ पुष २०७६, मंगलवार २१:४५ ,  प्रकाशीत
  • “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ १६ औँ लेखनाथ महोत्सव हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मंगलबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरि जनकारि दिएको हो ।

    महोत्सव लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी पुष ३ गते देखि १५ गतेसम्म पोखरा महानगरपालिका १७ डाँडाकानाक तालचोकमा हुने भएको छ ।

    लेखनाथ उधोग वाणिज्य संघका उपमहासचिव तथा महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले मंगलवार पत्रकार सम्मेलमा बोल्दैँ औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रबर्द्धन, जातिय भेषभुषा, कला सस्कृती , रितिरिवाज जगेर्नामा टेवा पुर्याउने साथै आन्तरिक एवं बाह्य पर्यटनमा टेवा पुर्याउने महत्सवको मुख्य लक्ष्य रहेको बताएका छन् ।

    महोत्सवमा कृषि, बिज्ञान तथा प्रबिधी, शैक्षिक प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायतका ३४० वटा कक्ष रहेको बताए ।

    जस अन्तर्गत अटो ७, शैक्षिक प्रदर्शनी ९, कृषि ३५, किचन २७, मेशिनरी २०,हेन्डीक्राफ्ट ३२, गार्मेन्ट १००, जनरल २६, फुड एण्ड बेभरेज २०, डेरि ६, सुचना प्रबिधी ३२, रेष्टुरेन्ट १६, बैंक तथा बित्तीय तथा प्रायोजक ३० स्टल रहेका छन् ।

    महोत्सवको थप आकर्षण रुपमा बाल उद्यान, खाना महोत्सव, सांगीतिक प्रस्तुति, लोकदोहोरी यसैगरि महोत्सवमा उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय स्तरका कलाकारहरुको स्टेज शो, बाल चायल्ड ट्यालेण्ट सो, शैक्षिक गतिविधिहरुको प्रस्तुती, लुकेको प्रतिभाको खोजी अभियान, रत्यौली गित, साथै बिगत बर्षहरुमा उत्कृष्ट प्रदर्शन गरि पुरस्कृत भएकाहरुबाट प्रतिस्पर्धा रहित सहभागिताको रुपमा प्रस्तुती रहने कार्यक्रमसमेत राखिएको संस्थाले जनाएको छ ।

    महोत्सव अवधिभरि दुई लाख पचास हजार दर्शकले अवलोकन गर्ने र रु १२ देखि १५ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले बताइएको छ ।

    महोत्सव पुस ३ गते देखि १५ गतेसम्म पोखरा महानगरपालिका १७ डाँडाकानाक तालचोकमा हुने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.