• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगर क्षेत्रमा डेढदर्जन स्वास्थ्य चौकी निर्माण गरिदैं

  •    शुभेच्छा न्यूज  /२ पुष २०७६, बुधबार १७:१७ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले नागरिकलाई सर्वसुभरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि डेढदर्जन भन्दा बढी स्वास्थ्यचौकी निर्माण गर्ने भएको छ। महानरले पोखराको विभिन्न ठाउँहरुमा २१ वटा वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण गर्ने योजना अगाडी बढाएको हो ।

    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा १९ वटा स्वास्थ्यचौकी निर्माण गरिने भएको हो । २ वटा स्वास्थ्य चौकीमा भने राष्ट्रिय योजना आयोगसँग महानगरपालिकाले साझेदारी गरेको छ ।

    एउटा स्वास्थ्य चोकी भवन निर्माणको लागि ६३ लाखका दरले रकम विनियोजन गरिएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । उनका अनुसार यो आर्थिक वर्षमा ती सबै स्वास्थ्य चौकीको निर्माण कार्य सुरु गरिने र १५ महिना भित्र निर्माण सम्पन्न गरिनेछ । वडा नम्बर १ देखि १५ सम्म र १७, २९ ३२, ३३ नम्बर वडामा स्वास्थ्य चौकी निर्माण हुनेछ ।

    यसैगरी नेपाल सरकार राष्ट्रिय योजना आयोग सिंहदरबार काठमाडौंको विशेष अनुदान र महानगरको लागत साझेदारीमा २ वटा वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गरिने भएको छ ।

    वडा नम्बर २४ र २५ मा कुल ३ करोड २२ लाखमा एउटा स्वास्थ्य चौकी निर्माण गरिने र यसका लागिप्रति स्वास्थ्य चौकी बहुवर्षीय आयोजना अन्तर्गत राष्ट्रिय योजना आयोगबाट १ करोड बजेट विनियोजन समेत भएको महानगरका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.