• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘प्याबसन स्पोर्टस मिट’ ; फुटबल, एथ्लेटिक्सका र भलिबलका खेल जारी

  •    शुभेच्छा न्यूज  /२ पुष २०७६, बुधबार १७:३१ ,  प्रकाशीत
  • निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको १६ औं प्याबसन स्पोर्टस मिट २०७६ अन्तरगत फुटबल, भलिबल र एथ्लेलिेटिक्सका खेलहरु जारी रहेकाछन ।

    बुधबार सम्पन्न छात्र सिनियर फुटबलतर्फ सम्पन्न खृलमा स्नो भ्यूले नवदिपलाई २–० ले, शान्ती निकुञ्जले रेन्बो एकेडेमीलाई ३–१ गोलले, हार्वडले जेसिएलाई ३–० र मेरि गोल्डले ग्लोबललाई २–१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेकाछन ।

    यसै गरि छात्र जुनियर फुटबल तर्फ नवदिप, प्रगती नेपाल आर्दश र शान्ती दिप क्वाटर फाइनलमा प्रवेश गरेकाछन । विहिबार बाट छात्र फुटबल सिनियर तथा जुनियर तफै क्वाटर फाइनलका खेलहरु शुरु हुनेछन ।

    एथ्लेटिक्स
    पोखरा रंगशालामा सम्पन्न एथ्लेटिक्सतर्फका खेलहरु जारि रहेको मध्ये केही इभेन्टहरु आज सम्पन्न भएका छन । १०० मिटर छात्रातर्फको खेलमा बाल कल्याणकी सृष्टी तामाङ १५.२५ सेकेण्डमा दुरी पार गर्दै प्रथम भइन । यसै गरि १५.६० सेकेण्डमा दुरी पार गर्दै टप्सकी ईयामी गुरुङ द्वितिय र १५.६५ सेकेण्डमा पार गर्दै जेशिएकी समिक्षा भट्टराई तृतिय भइन ।

    यसै गरि छात्रतर्फ १०० मिटर दौडमा १२.५४ सेकेण्डमा दुरी पार गर्दै मेरी गोल्डका बिजु गुरुङ प्रथम भएका छन । भाष्कार मेमोरियलका निर्दोष सुबेदी १२.६० सेकेण्ड र टप्सका आशिष राना १२.६२ सेकेण्डमा दुरी पार गर्दै क्रमश दोश्रो र तेश्रो भए ।

    हाइजम्प छात्रतर्फ हार्वड एकेडेमीका सुमित गुरुङ प्रथम, बेथानीका मेहमद हुसेन द्वितिय र ग्लोबलका सूरज गुरुङ तेश्रो भएका छन । यस्तै छात्रा तर्फको हाइजम्पमा टप्सकी सबिना खातुन मिया प्रथम, गोल्डेन नेचरका आरती खाँड ठकूरी द्वितिय र ग्लोबल कलेजियटकी सदिक्षा तिमिल्सिना र ढुङ्गेसाँघु बोर्डिङकी सहारा लामगादेले तृतिय स्थान हासिल गरे ।

    भलिबल
    भलिबल छात्रतर्फ सम्पन्न खेलमा लिटिल स्टेपले चिरगादीलाई २५–२१ र २५–१७ ले, ताराकुञ्जले हार्वडलाई १६–२५, २५–१८ र २७–२५ ले, सृजनाले कन्चनजंघा एकेडेमीलाई २५–३ र २५–२३ ले र धौलागिरीले अल्फाले २५–२३, २१–२५ र २५–२३ ले पराजित गरेकाछन ।

    यसै गरि छात्रतर्फनै भएको अन्य खेलमा डायमण्डले कन्जनजंघा बोर्डिङलाई २५–११ र २५–२१ ले, रेन्वो एकेडेमीले एक्स आर्मीलाई २६–२४ र २५–१२ ले, सबलाइमलाई लिटिल ड्याफोडिललाई २५–१७, २०–२५ र २५–१९ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको भलिबलका संयोजक विश्व बास्तोलाले बताएका छन ।

    बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टसमा ९६ विद्यालयहरुका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकूद इभेन्टहरुमा सहभागिता जनाएको कास्की प्याबसनका अध्यक्ष प्रेम शर्माले बताएकाछन ।

    प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा भलिबल तर्फ १७ टिम छात्र तर्फ २४ र टेबुल टेनिसमा छात्र–छात्रा गरि ३९ विद्यालयहरुको सहभागिता रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.