• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘प्याबसन स्पोर्टस मिट’ ; फुटबलतर्फ क्वाटरफाइनलका समिकरण सम्पन्न

  •    शुभेच्छा न्यूज  /३ पुष २०७६, बिहीबार १७:५२ ,  प्रकाशीत
  • निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको १६ औं प्याबसन स्पोर्टस मिट २०७६ अन्तरगत फुटबल, भलिबल, एथ्लेलिेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेकाछन ।

    बिहिबार सम्पन्न छात्र सिनियर फुटबलतर्फभने क्वाटरफाइनलका समिकरण सम्पन्न भएका जुनियरतर्फ प्रगती बोर्डिङ र नेपाल आर्दश फाइनलमा प्रवेश गरेकाछन । सम्पन्न सिनियरतर्फका खेलबाट स्नो भ्यू र बाल कल्याण, नोबल एकेडेमी र हार्वडले सेमीफाइनलमा एक अर्काको सामना गर्नेभएका छन ।

    आज अन्तिम क्वाटर फाइनलका खेलमा स्नो भ्यूले शान्ती निकुञ्जलाई २–० ले, बाल कल्याणले धौलागिरीलाई ३–० ले नोबल एकेडेमीले बालोदयलाई २–० ले र हार्वडले मेरीगोल्डलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका हुन । हार्वड र मेरीगोल्डको खेल निर्धारित समयमा २–२ को बराबरीमा पुगेपछी खेल टाइब्रेकरमा पुगेको थियो ।

    यता जुनियरतर्फको फुटबलको फाइनलमा नेपाल आर्दश र प्रगती बोर्डिङ पुगेका छन । नेपाल आर्दशले स्नो भ्यूलाई ६–० र प्रगतीले ग्लोबललाई ४–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । तेश्रो स्थानका लागि स्नो भ्यूले ग्लोबल विरुद्ध खेल्ने फुटबल प्रतियोगिताका संयोजक जगत थापाले जानकारी दिए ।
    एथ्लेटिक्स

    पोखरा रंगशालामा एथ्लेटिक्सतर्फका खेलहरु जारि रहेको मध्ये शटपुट छात्र–छात्राको फाइनल खेल सम्पन्न भएको छ । शटपुट छात्रतर्फ अल्फाका रेशम गुरुङ प्रथम भएका छन भने स्नो भ्यूका रोशन सूचिकार द्वितिय र सोसल पल्लिकका सोनम गुरुङ तृतिय भए ।

    छात्रा शटपुटतर्फ टप्सकी ममता कुमारी डंगोरा प्रथम भएकी छन । यसै गरि लिटिल स्टेपकी सोनिका परियार द्वितिय भइन भने बेसलाइनकी सुमिना गुरुङ तेश्रो भइन ।

    बिजेता खेलाडीलाई पोखरा महानगर पालिका शिक्षामहाशाखा प्रमुख गंगा बहादुर गुरुङ, प्यावसनका केन्द्रिय सदस्य चिनु रानाभाट र प्यावसन कास्कीका सल्लाहाकार धु्रब केसीले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

    एथ्लेटिक्स् तर्फनै १००ह४ रिले छात्र–छात्रा, ४ सय मिटर दौड र २०० मिटर दौड छात्र–छात्राका खेलहरु जारी रहेका छन ।
    भलिबल

    भलिबल छात्र तर्फ सबलाइमले अल्फालाई २५–१५ र २५–२२ ले, रेन्वोले ताराकुञ्जलाई २५–१९ र २५–१२ ले निलगिरीले लिटिल स्टेपलाई २५–२१ र २५–१० ले तथा डायमण्डले हिल पोइन्टलाई २५–१४, २३–२५ र २५–२१ ले जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेकाछन ।

    छात्रातर्फ भने भोली नेपाल आर्दश र टप्स तथा डायमण्ड र हिलपोइन्ट सेमीफाइनलमा भिड्नेछन । छात्रा तर्फ फाइनल र तेश्रो स्थानका लागि भोली खेल हुने भलिबल प्रतियोगिताका संयोजक विश्व बास्तोलाले जानकारी दिए ।

    टेबुल टेनिस

    अन्य खेलहरु संगै पोखरा रंगशालामा टेबुल टेनिसका खेलहरु मध्ये छात्र डवल्स तर्फ मदरल्याण्ड सेमीफाइनल प्रवेश गरेको छ । यसै गरि छात्रा डवल्समानै टप्स, नेशनल इन्भेन्टिभ, सबलाइम, लिटिल स्टेप, डायमण्ड, सृजना क्वाटरफाइनलमा प्रवेश गरे । छात्र डवल्समा मदरल्याण्ड, प्रगती, निलगिरी, लिटिल स्टेप र सृजना क्वाटरफाइनल प्रवेश गरेकाछन ।

    टेबुल टेनिसमा छात्रा एकलतर्फ सबलाइम, ईडियन्स, मदरल्याण्ड र ढुङ्गेसाँघु तेश्रो चरणमा प्रवेश गरेका छन भने सोही इभेन्टतर्फ नेशनल इन्भेन्टिभ र ग्लोबल क्वाटर फाइनल प्रवेश गरेकाछन । छात्र सिंगल्स तर्फ मदरल्याण्ड, प्रगती, ग्लोबल, निलगिरी, लिटिलस्टेप र सृजना क्वाटरफाइनल प्रवेश गरे ।

    बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्धेश्यले आयोजित प्याबसन स्पोर्टसमा ९६ विद्यालयहरुका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकूद इभेन्टहरुमा सहभागिता जनाएको प्याबसन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले जानकारी दिएकाछन ।

    प्रतियोगितामा फुटबल सिनियर तर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा भलिबल तर्फ १७ टिम छात्र तर्फ २४ र टेबुल टेनिसमा छात्र–छात्रा गरि ३९ विद्यालयहरुको सहभागिता रहेको छ प्रतियोगिताका संयोजक एवम प्याबसन कास्कीका वरिष्ठ उपाध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।

    कुल १ सय २ विद्यालय आवद्ध रहेको प्यावसन कास्की अन्तरगतका विद्यालयमा ७५ हजार भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन भने ७ हजार ३ सय शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याबसन कास्कीले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.