मुक्तिनाथ विकास बैंकको नयाँ सञ्चालक समितिले शपथग्रहण गरेको छ ।समितिका अध्यक्ष भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
नवनिर्वाचित सञ्चालकहरूलाई समितिका अध्यक्ष ढकालले शपथग्रहण गराएको बैंकले जनाएको छ । बैंकको १३औं वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समितिको चयन गरेको हो ।
साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रवीन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मलाकुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सञ्चालकमा सर्वसम्मत चयन गरेको हो ।
नवगठित सञ्चालक समितिको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकाललाई सञ्चालक समितिकाे अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ ।
बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरूमार्फत बचत निक्षेप तथा कर्जा सेवा लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

Related