• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१६ औ लेखनाथ महोत्सव सुरु, समृद्धिका लागि उत्पादन ; मुख्यमन्त्री गुरुङ

"सात तालको शहर लेखनाथमा ‘१६ औ लेखनाथ महोत्सव’ "
  •    रिता शर्मा  /४ पुष २०७६, शुक्रबार ०९:३५ ,  प्रकाशीत
  • सात तालको शहर लेखनाथमा ‘१६ औ लेखनाथ महोत्सव’ सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा बिहिबार देखि शुरु भएको महोत्सव यही पुस १५ गतेसम्म सञ्चालन हुने छ। महोत्सबको बिहिबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले एक समारोहका बीच उद्घाटन गरे ।

    उद्घाटन समारोह पछि आयोजित कार्यक्रमा बोल्दै मुख्यमन्त्री गुरुङले समृद्धिका लागि उत्पादनमा लाग्नुपर्ने बताएका छन् । उनले उत्पादन बिना आयआर्जन बढाउन नसकिने भएकाले उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।

    मुख्यमन्त्री गुरुङले देशलाई आवश्यक कृर्षि सामाग्रीहरु यही उत्पादन गर्नसके मात्रै आर्थिक समृद्धिको लक्ष्य सफल हुने बताउदै देशमा समृद्धिका लागि अहिले उपयुक्त वातावरण रहेको बताए ।‘पछिल्लो समयमा लगानीका लागि वातावरण बनेको छ, ढुक्क भएर लगानी गर्दा हुन्छ’ उनले भने । ‘जनताको घर आगनमा सरकार आएको छ, तपाइको पिंढीमा स्थानीय र आँगनमा प्रदेश सरकार ढुक्क भएर लगानी गर्नोस् । हामी वातावरण बनाउँछौ।’

    उनले जनताको अपेक्षा अनुसारको समृद्धि र विकासको चाहना पूरा गर्नु बर्तमान सरकारको जिम्मेवारी भएको बताए ।उनले गरिबीको रेखामुनी रहेका जनताको जीवनस्तर लाई माथि उकास्दै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत आवश्यकतालाई पूरा गराउँने योजना सहित सरकार अगाडी बढेको बताए ।

    प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले उत्पादनमा जोड दिदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न उद्योगधन्दा कलकारखनाको विकास तथा विस्तारमा लाग्नुपर्नेमा जोड दिए । ।पूर्व मन्त्री यज्ञबहादुर थापाले लेखनाथ महोत्सवका माध्यमबाट अािर्थक क्षेत्रमा सकरात्मक प्रभाव पार्नुका साथै यहाँको समग्र विकासका लागि सहयोगी बनेको बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चण्डीराज ढकालले देशमा उद्योग धन्दाको विकासका माध्यमबाट आर्थिक समृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए ।

    लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ भन्ने नाराका साथ आजदेखि पुस १५ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिए ।

    कार्यक्रममा विभिन्न आमा समूह, टोल विकास संस्थाका साथै विभिन्न जातजाती सम्बद्ध झाँकी प्रदर्शन गरिएको थियो । ‘महोत्सवले लेखनाथको संस्कृति, स्थानीय उत्पादन तथा हस्तकलाका वस्तुहरुको बजार प्रवद्र्धन गराउने आयोजकको विश्वास छ ।

    महोत्सबले आवश्यक ज्ञान, उद्यमशीलता, प्रविधि हस्तान्तरण, उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजहरुको जगेर्ना गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्न सहयोग पु¥याउने अध्यक्ष ढकालले बताए ।

    महोत्सवमा कुल ३४० वटा स्टलहरु रहेका छन् । त्यसमध्ये अटोका ७, शैक्षिक प्रदर्शनीका ९, कृषिका ३५, किचनका, २७, मेसिनरीका २०, ह्याण्डि क्राफ्टका १२, गार्मेन्टका १००, जनरलका २६, फुड एण्ड वेभरेजका २०, डेरीका ६, सूचना तथा प्रविधीका ३२, रेष्टुरेण्टका १६, बैंक तथा वित्तीय संस्थाका ३० वटा स्टलहरु रहेका छन् ।

    महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ । महोत्सवबाट करिब १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए। महोत्सवबाट १ करोड ३० लाख आम्दानी हुने र १ करोड १० खर्च भई २० लाख बचत हुने अनुमान आयोजकको रहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.