• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाबू एडभेन्चर प्रालीले सोह्र वर्षको उमेरमै प्याराग्लाईडिङ पाइलट बनायो बिबि तामाङलाई

"इच्छा शक्ति भएको खण्डमा मानिसले जस्तोसुकै कठिन कर्म किन नहोस् यथार्थमा परिणत गरेरै छोड्द्छ "
  •    शुभेच्छा न्यूज  /४ पुष २०७६, शुक्रबार ०९:११ ,  प्रकाशीत
  • “जहाँ इच्छा त्यहाँ उपाय “भने झै इच्छा शक्ति भएको खण्डमा मानिसले जस्तोसुकै कठिन कर्म किन नहोस् यथार्थमा परिणत गरेरै छोड्द्छ।

    वर्षौं अघि देखिको मानव इतिहास इच्छाशक्तिले नै प्रकाणन्त विकसित मानवको रुपमा स्थापित भएको छ। यस्तै दर्विलो इच्छाशक्तिले सफल ब्याक्तित्वको रूपमा स्थापित छन्/

    बिबि तामाङ।उनले सानै उमेरमा ठुलो इच्छा राखिन र अनवरत इच्छाशक्ति सगै निरन्तर प्रयासले सफल पनि भइन।बिबि अहिले २० वर्ष लागिन।उनी सोह्र वर्षमा नै प्याराग्लाईडिङको पाईलट बनिन।सुरुमा खेलकुद तथा संगीतमा अभिरुचि राखेकी बिबिले जब नेपालको विभिन्न क्षेत्रको आकाशमा साहसीक प्याराग्लाईडिङ उडान सुरु गरिन तब उनको आफन्त,परिवारजन तथा साथीभाईमा चर्चा पाउन थालिन।

    हँसिलो मंङगोलियन चेहरामा थप मुस्कान थप्दै बिबिले भनिन,”मलाई बुबाले तेक्वान्दो खेल खेल्न अभिप्रेरित गर्नुभएको थियो तर म सोच्दै नसोचेको प्याराग्लाईडिङ्मा साइनो गास्न पुगे।प्याराग्लाईडिङ प्रतिको आकर्षित गर्ने कुरा उनकै बुबाको साथी निरन्जन घिमिरेले गर्नुभएको रहेछ।

    सुरुमा के कस्तो होला भन्ने उत्सुकता बिबिलाई नजागेको होइन जब निरन्जन सरको प्याराग्लाईडिङ सम्बन्धि सामान्य जानकारी पश्चात् उनी बाबू एडभेन्चर स्कुल प्रालिमा सुरुवाती कक्षामा प्रवेश गरिन तब प्याराग्लाईडिङको सम्पुर्ण रहस्य खुलीहाल्यो त्यसपछि कुतुहलता,उत्सुकताका साथमा साहसीक यात्रा गर्न उनलाई कतिपनी बेर लागेन।साहासको लगाम कसिन अनि थालिन चरा झै सुन्दर डाडापाखा माथि उड्न,प्रकृतिको निर्वाध विचरण गर्न।

    बिकम संवत २०५६ सालमा ललितपुर महाकालमा माता लालिमाया तामाङ तथा पिता सनमान तामाङको कोखबाट जन्मिएकि बिबिले सन २०१७ को जुनमा भर्ना भएर प्याराग्लाईडिङ पढ्न तथा सिक्न थालेको ५ महिनामा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक समेत हात पारिन।त्यतिमात्र कहाँ हो र? बिबिले २०१७ कै नोभेम्बरमा भएको खुल्ला अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ्ममा एक सफल प्याराग्लाईडरको रुपमा पनि नाम लेखाउन सफल भइन।

    त्यसै गरि फस्ट नेपाल प्याराग्लाईडिङ एक्वरेन्सी वल्ड कप २०१८ नोभेम्बरमा नेपालको प्रतिनिधित्व गर्दै बिबिले सहभागिता जनाईसकेकी छिन।अहिले नेपालमा प्याराग्लाईडिङले समेत राष्ट्रिय खेलको रुपमा आफ्नो स्थान पाइसकेको छ।

    बिबिले अहिले प्याराग्लाईडिङलाई नै व्यवसायीक देखेकी छिन।उनले प्याराग्लाईडिङ सम्बन्धि बाबू एडभेन्चर स्कुलबाट प्रार्थमिक उपचार कोर्स,उच्च स्थानबाट उडान सम्बन्धि कोर्स,त्रिकोणात्मक उडान,टेक्निकल रोप रेस्क्यु कोर्स,एडभेन्चर कोर्स,प्रोफेसनल टेन्डम एड्भेन्चर कोर्स लगायत प्याराग्लाईडिङमा आवश्यक सम्पुर्ण कोर्स पूरा गरिसकेकी छिन।

    अहिले बिबि सरकारी मान्यता प्राप्त प्रोफेसनल टेन्डम पाईलटको रूपमा स्थापित भई करियर अगाडि बढाउदै छिन।यसरी नेपालमा बिल्कुलै नयाँ तथा साहसिक खेलमा लागी देशको नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पाउँदा आफुलाई गर्व महसुस भएको बताउछिन् ।

    प्याराग्लाईडिङ एकप्रकारको साहसिक यात्रा समेत भएकोले अझै आफुले धेरै कुरा सिक्न बाकी रहेको उनले बताईन। त्यसो त प्याराग्लाईडिङ अहिले नेपालमा एकप्रकारको साहसिक रमाइलो खेलको रुपमा बिकसित भैरहेको छ।

    जुन हावाको चापमा उच्च उचाईसम्म पुगी आकाशबाट मनोरम दृश्यहरु नियाल्न गरिन्छ।यसलाई पछिल्लोक्रममा साहसिक पर्यटन खेलको रुपमा समेत लिईन्छ।

    उचाइमा पुगी टाढा टाढाको भौगोलिक विशेषता नियाल्नु पाउनु नै यसको प्रमुख बिशेषता हो।पच्छिल्लो समयमा प्याराग्लाईडर बिबिले नुवाकोटको सुइँरे चौरदेखी छहरे बजार सम्म प्याराग्लाईडिङ उडान गर्दै आईरहेकी छिन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.