• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशद्धारा संविधान संशोधन गरेर जनप्रतिनिधिलाई तलव सुविधा दिन माग

"मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आवश्य परे सविधान नै सम्सोधन गरेर जनप्रतिनिधिलाई तलब सुविदा दिनुपर्ने  "
  •    शुभेच्छा न्यूज  /५ पुष २०७६, शनिबार ११:२७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशको तेस्रो समन्वय परिषदको बैठक १७ बुँदे निर्णय गर्दै सकिएको छ । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिलाई तलव दिन नमिल्ने फैसला सुनाएपछि गण्डकी प्रदेशले संविधान संशोधन गरेरै भएपनि तलव सुविधा दिनुपर्ने माग गरेको छ ।

    संविधानको व्यवस्था विरुद्ध स्थानीय जनप्रतिनिधीले मासिक पारिश्रमिक लिएको भन्दै सर्वोच्चमा मुद्धा परेपछि स्थानीय तहका जनप्रतिनिधीले मासिक पारिश्रमिक पाएका छनन् । स्थानीय तहका जनप्रतिनिधीले प्रदेश समन्वय परिषदको बैठकमा जनप्रतिनिधीको सुविधा सम्वन्धी चाँडै निर्णय लिन आग्रह गरे । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आवश्य परे सविधान नै सम्सोधन गरेर जनप्रतिनिधिलाई तलब सुविदा दिनुपर्ने बताए ।

    बैठकले स्थानीय तहमा कानुन अधिकृतको दरबन्दी थप्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । बैठकले यसअघि बसेको प्रदेश समन्वय परिषद सहजीकरण समितिको बैठकको ८ बुँदे निर्णय, स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समिति र स्थानीय तह योजना तर्जुमा सहजीकरण समितिले गरेका निर्णयहरु पनि अनुमोदन गरेको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

    बैठकले हिमाली जिल्लामा आर्थिक बर्ष हेरफेर गरिदिन पनि संघ सरकारसँग माग गरेको छ . धेरै समय हिउँ पर्ने भएकोले विकास निर्माणमा समस्या भएको भन्दै आर्थिक बर्ष फेरवदल गर्नु पर्ने निर्णय गरिएको मुख्य मन्त्री गुरुङले बताए । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अर्को बर्षदेखि खारेज गर्ने निर्णय पनि बैठकबाट पास भएको छ ।

    यस्तै, स्थानीय तह र प्रदेशको राजश्व बाँडफाँट चुस्त बनाउने, कर्मचारी समस्या समाधान गर्न संघीय निजामति सेवा ऐन जारी गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र तीनैवटा सरकारले कार्यान्वयन गर्ने आयोजनाको बर्गीकरण गरिदिन संघ सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.