जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित समितिलाई शनिबार पदस्थापना तथा शुभकामना र बधाई ज्ञापन गरिएको छ ।
गत शनिबार भएको आठौं अधिवेशनमा तारा गिरी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन समितिका संयोजक मुकुन्द अर्यालले अध्यक्ष गिरी सहित सञ्चालक समितिका सदस्यहरूलाई पद तथा गोप्यनीयताको सपथ ग्रहण गराए ।
पदस्थापनापछि अध्यक्ष तारा गिरीले ‘जनप्रिय जनताको शैक्षिक नासो हो, यसका लागि आर्थिक पारर्शिता कायम गर्दै क्याम्पसको सुशासन, प्रक्रिया र पद्धतिमा आधारित भई काम गर्ने’ प्रतिवद्धता व्यक्त गरे ।
गिरीले क्याम्पसले तय गरेको मानित विश्वविद्यालयको सपना साकार पार्न सेमेष्ट प्रणाली कोर्ष लागू गर्ने र नेपाल कै पहिलो स्वयत्त कार्यक्रम स्नातक तहको ‘पर्वतीय पर्यटनत व्यवस्थापन’ (विएमटिम) र अब सञ्चालन गर्ने ‘एमविए इन हस्पिटालिटी म्यानेजमेण्ट’लाई व्यवस्थित गरी श्रमबजारलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न लागी पर्ने धारणा राखे ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना र बधाईसँगै सुझाव पनि दिइएको थियो । पूर्व उपाध्यक्ष हरि बरालले समितिलाई चुनाव जितेको दम्भ नलिई अहङ्कार बिर्सेर क्याम्पसको हितमा क्रियाशील रहन आह्वान गरे ।
विविएबाट ३ पटक गोल्डमेडल पाएका कारण नै जनप्रियको शाख र गरिमा बढेको हुँदा नेपालभरि यसले उत्कृट क्याम्पस बन्न र शिक्षा पुरस्कार पाउन सहयोग गरेको क्याम्पस प्रमुख विरञ्जी गौतमले जनाए ।
प्रविधि मैत्री क्याम्पस र रोजगारमूलक शिक्षा प्रदान गर्न जनप्रियले कदम चाले बताउदै वडा नंं. ८ का वडाध्यक्ष तथा पदेन सदस्य रुद्रनाथ बरालले विश्वविद्यालय बनाउनका लागि आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता जनाए ।
क्याम्पस सञ्चालक समितिको निर्विरोध चयन भएका सदस्यहरूमा धु्रवराज चालिसे, वीरबहादुर अधिकारी, राजेन्द्र पहारी, सोमनाथ बराल, अर्जुन श्रेष्ठ, विश्वकुमार विजुक्छे, नम्रता बराल, देवकृष्ण पराजुली, किरण बराल, जनकराज पराजुली, ऋषभलाल तिमिला रहेका छन् ।

Related