• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पिपिएल क्रिकेटमा काठमाण्डौँद्धारा विराटनगर पराजित

  •    सुभेक्षा न्युज  /५ पुष २०७६, शनिबार १९:०९ ,  प्रकाशीत
  • पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको आजको खेलमा काठमाण्डौँ गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ ।

    पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर व्याटिङ रोजेको काठमाण्डौँले पूरै ओभर खेल्दै पाँच विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङमा आएको विराटनगरले अन्तिम ओभरमा दुई बल बाँकी छँदा पूरै विकेट गुमाएर १२३ रन मात्र जोड्न सफल भयो ।

    चार खेल खेलको काठमाण्डौँ दुई खेलमा जीत तथा दुईमा हारसँगै चार अङ्क जोडेर समूहमा दोस्रो स्थानमा रहन सफल भयो । एक खेल कम खेलेको बुटवलको समेत समान चार अङ्क रहेपनि रनरेटमा काठमाण्डौँ अघि छ । काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग नौ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो भने तेस्रो खेलमा धनगढीलाई पराजित गरेको थियो ।

    विराटनगर पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो भने दोस्रो खेलमा पोखरालाई पराजित गर्न सफल भएको थियो । इनिङ्सको एक दशमलव चार ओभरमा शुरुआती व्याट्सम्यान मुहमद जैद आलम र सुनिल धमला मात्र चार रन जोडेर बाहिरिनुभएपछि विराटनगरले खराब शुरुआत ग¥यो ।

    तर मध्यक्रममा व्याटिङ सम्हाल्न आउनुभएका नोमान खान र पुनित मेहराले सातौ विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दे टोलीको इनिङस् माथि उकासेपनि जीतका लागि पर्याप्त हुन सकेन ।

    मेहराले ३१ बलमा ५३ रन जोड्दै अर्धशतक पूरा गर्नुभएको थियो भने खानले २६ बलमा २५ रन जोड्नुभयो । त्यस्तै तेस्रो क्रममा व्याटिङमा आउनु भएका कप्तान प्रदीप सिँह ऐरीले २७ बलमा २९ रन जोडेपनि अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सक्नुभएन ।

    काठमाण्डौँका सुवोध भाटीले तीन तथा अमर रौटेला र वसन्त रेग्मीले समान दुई र अमृत भट्टराई र सुशान भारीले एक÷एक विकेट लिनुभएको थियो ।

    काठमाण्डौँका शुरुआती व्याट्सम्यान गौरव तमोर पहिलो ओभरको अन्तिम बलमा खातानै नखोली पेभिलिएन फर्किएपनि कप्तान ज्ञानेन्द्र मल्ल र जयकृष्ण कोल्शावालाले टोलीका लागि महत्वपूर्ण ६६ रनको साझेदारी गर्दै टोलीका लागि सम्मानजनक स्कोर तयार गर्न योगदान दिनुभएको थियो ।

    पुनित मेहराको बलमा शाहव आलमबाट क्याच आउट हुनुअघि कोल्सावालाले ४३ बलमा ५५ रन अर्धशतक तयार गर्नुभएको थियो ।

    मल्लले तीन चौका र दुई छक्का सहित ३३ बलमा ४५ रन जोड्नुभएको थियो ।विराटनगरका मेहराले दुई तथा किशोर महतो, जितेन्द्र मुखिया र नोमान खानले एक÷ एक विकेट लिन सफल हुनुभयो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.