मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अन्धविश्वासको भरमा काम गर्नाले दुख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अन्धविश्वासको भरमा काम गर्नाले दुख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषि उपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तर, घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुख दिन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हात हतियार उपयोग गर्दा सावधानी अपनाउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला ।
Related