अन्नपूर्ण गाउँपालिकाको छोम्रोङमा सेञ्चुरी ल्होसार मेला सुरु
"मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङद्धारा समृद्घिका लागि संस्कृति जोगाइराख्न पर्नेमा जोड "
तपाईको प्रतिक्रिया





सेञ्चुरी युवा क्लव अन्नपूर्ण गाउँपालिका–११, छोम्रोङको आयोजनामा सेञ्चुरी ल्होसार मेला–२०७६ शनिवारदेखि सुरु भएको छ।यहि पुस ९ गतेसम्म चल्ने उक्त मेला क्लवले ‘संस्कृति, सम्पदाको संरक्षण एवम् पर्यटन वर्ष २०२० को प्रवद्र्घनका लागि’ नाराका साथ सुरु गरेको हो।
मेलाको आइतवार उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले समृद्घिका लागि संस्कृति जोगाइराख्नपर्नेमा जोड दिेदै सबै नागरिक मिली सेञ्चुरी ल्होसार मेला–२०७६ मेला महोत्सवले पर्यटन वर्षलाई सहयोग पु¥याएको जनाउँदै मेला महोत्सवलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले अन्नपूर्ण पदमार्ग तथा आधार शिविरको स्तर उन्नतिका लागि प्रदेश सरकार चनाखो रहेको पनि स्पष्ट पारे ।मुख्यमन्त्री गुरुङले हिमाल, पहाड तथा तराई नै नेपाल चिनाउने आधार भएको पनि औँल्याएका थिए ।
मेला अन्र्तगत पुरुष भलिवल, महिला भलिवल, पुरुष वास्केटबल, पौढ (४० वर्ष माथिको) भलिवल, ठेलो, रस्साकस्सी, घैटो फुटाई, म्यूजिकल चियर, बोरा दौड तथा सामूहिक नृत्य प्रतियोगिता हुँदैछन्।
पुरुष भलिवलतर्फ प्रथम समूहले ८० हजार, दोस्रोले ५० हजार, महिला भलिवलमा प्रथमले ५० हजार र द्वितीयले ३० हजार, बास्केटबलतर्फ प्रथमले ८०, द्वितीयलाई ५०, पौढ भलिवलमा पहिलोले २० तथा द्वितीयले १० हजार रुपैयाँ पुरस्कार पाउने क्लवका अध्यक्ष मिकाश गुरुङले बताएका छन्।
त्यस्तै ठेलोतर्फ प्रथमले ५ हजार, दोस्रोलाई ३ हजार, रस्साकस्सीमा पहिलोले १० हजार र दोस्राले ५ हजार, घैटो फुटाई साथै म्यूजिकल चियरमा पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।
त्यस्तै क्लवले गुरुङ संस्कृति झल्कने सामुहिक नृत्य प्रतियोगिता पनि गर्दैछ ।जसमा प्रथम समूहले ५० हजार, द्वितीयले ३५ हजार, तृतीयले २० हजारका साथमा ट्रफी र प्रमाणपत्र तथा उत्कृष्ठ भेषभुषा तथा नृत्य निर्देशकलाई समान पाँच हजार साथमा प्रमाणपत्र पुरस्कार दिइने छ ।
Related