• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाली इन्जिनीयरले बनाए विद्युतीय मोटरसाइकल

"मोटरसाइकलको अग्रिम बुकिङ उद्योगी सौरभ ज्योतीले गरिसके "
  •    शुभेच्छा न्यूज  /६ पुष २०७६, आईतवार ०८:२२ ,  प्रकाशीत
  • bike

    नेपाली इन्जिनीयरहरूले निर्माण गरेको विद्युतीय मोटरसाइकल ‘यात्री’ बिहीवार सार्वजनिक भयो । प्रोजेक्ट जिरोअन्तर्गत यो मोटरसाइकल निर्माण गरिएको यात्री मोटरसाइकलका संस्थापक असीम पाण्डेले बताए । पिटर थिलको ‘जिरो टु वान’ किताब हातमा बोकेका उनले भने, ‘यो हाम्रो जिरो प्रोजेक्ट हो अबको हाम्रो यात्रा वानतर्फको हो ।’

    यसअघि दुईओटा डिजाइन बनाएर परीक्षण गरिएपछिको यो तेस्रो डिजाइनमार्फत निर्मित मोटरसाइकल हो । यसअघिका दुई डिजाइन पनि असफल नभएको बरु त्यसैको परिष्कृत रूपमा हालको मोटरसाइकल निर्माण भएको दाबी उनको छ । आगामी दिनमा मोटरसाइकलका साथमा अन्य साधन पनि उत्पादन गर्ने सोच रहेको उनी बताउँछन् ।

    २०४६ सालमा चितवनमा जन्मेका पाण्डे काठमाडौंमा हुर्किए । प्लस टू पढ्दै डिजाइनरको रूपमा कुनै ठूलो प्रोजेक्टमा काम गर्ने रहर उनमा थियो । त्यसपछि इन्जिनीयरिङ पढ्न नेदरल्यान्ड पुगेका पाण्डेले उतै विद्युतीय गाडीको डिजाइनरका रूपमा काम गरे । त्यतिबेलै विद्युतीय मोटरसाइकल बनाउने योजना उनले बनाइसकेका थिए ।

    नेपाल फर्केपछि कानूनी प्रक्रिया पूरा गरेर उनले शुरूमै यात्री डिजाइन स्टुडियो प्रालि दर्ता गरे । त्यसपछि उनले २०७४ पुसदेखि अन्य ३ जना इन्जिनियरसहित ७ जनाको कोर टीममा मोटरसाइकल निर्माणको काम शुरू गरेका हुन् ।

    हाल यात्रीले आफ्नो डिजाइन अन्तर्गतका मोटरसाइकलको लुक्स मात्र सार्वजनिक गरेको बताउँदै प्रोजेक्टअन्तर्गत मोटरसाइकल निर्माण गर्न बाँकी रहेको उल्लेख गरेको छ । यसै डिजाइनमा यात्रीले २०२० देखि ५० ओटा मोटरसाइकल निर्माणको काम शुरू गर्दैछ । जसमध्ये एक मोटरसाइकलको अग्रिम बुकिङ उद्योगी सौरभ ज्योतीले गरिसकेका छन् । उत्पादनका लागि नवलपरासीमा प्लान्टको काम गरिरहेको यात्रीले चितवनमा पनि प्लान्ट स्थापनाको तयारी गरिरहेको छ ।

    वैशाखमा ज्योतीलाई मोटरसाइकल उपलब्ध गराउने र मूल्य पनि उतिबेलै सार्वजनिक गर्ने पाण्डेले बताए । यसको मूल्य रू. ८ देखि १० लाखसम्म हुनसक्ने उनको अनुमान छ । मोटरसाइकलको डिजाइन कम्पनीले नेपालमै गरेको हो भने डिजाइनअनुसारको पार्ट्स अमेरिका, चीन, भारत तथा युरोपका केही मुलुकबाट आयात गरिएका हुन् ।

    शहरी वातावरणलाई लक्षित गरी बनाइएको यो मोटरसाइकल ६० को दशकमा बनेको क्याफे रेसरको डिजाइनबाट प्रभावित छ । मोटरसाइकल एकपटकको चार्जमा २३० किलोमीटर गुड्ने र पूरा चार्ज गर्न ४ देखि ५ घण्टा लाग्ने कम्पनीको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.