गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह ढकालले सम्बन्ध विच्छेद गरेका छन्।उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेद गर्ने गरी मिलापत्र भएको हो।
ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए।काठमाडौं जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूको मुद्दा हेरेको थियो।
दुवैको सहमति बमोजिम सम्बन्ध विच्छेद भएको जनाइएको छ।सम्बन्ध विच्छेद गर्ने गरी भएको सहमतिमा पत्नी निलमले कुनै पनि सम्पत्ति नलिने तर छोरीका नाममा हाल उनीहरूको आधा सम्पत्ति राखिदिने बताइएको छ।

Related