• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पीपीएल क्रिकेट : बुटवललाई हराउँदै विराटनगर

  •    शुभेच्छा न्यूज  /९ पुष २०७६, बुधबार २१:२० ,  प्रकाशीत
  • समूहमा दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्सलाई लिग चरणको अन्तिम खेलमा पराजित गरेसँगै विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ‘प्लेअफ’मा प्रवेश गरेको छ ।

    लिग चरणका चार खेल खेल्दा जम्मा दुई अङ्कसहित समूहको पाँचौ स्थानमा रहेको विराटनगरले आज आफ्नो महत्वपूर्ण खेलमा एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको बुटवललाई चार विकेटले पराजित गरेर पुनः प्लेअफमा बुटवलसँगको भेट पक्का गरेको हो ।

    दोस्रो चरण पुग्न चार अङ्कसहित तेस्रो स्थानमा रहेको काठमाडौँभन्दा रनरेटमा अघि रहनुपर्ने अवस्थामा विराटनगरले उत्कृष्ट ब्याटिङ गर्दै प्लेअफमा स्थान बनाएको हो । बुटवल विराटनगरसँग पराजित भएसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ ।

    खेलमा टस जितेर विराटनगरले फिल्डिङ (क्षेत्र रक्षण) रोजेपछि ब्याटिङ शुरु गरेको बुटवलले आठ विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो । अघिल्लो चरण पुग्नका लागि विराटनगरलाई आज जितले मात्र नपुग्ने अवस्था थियो ।

    नेट रनरेटमा काठमाडौँभन्दा अघि हुन उसले १२ दशमलव तीन ओभरमै लक्ष्य पूरा गर्नुपर्ने अवस्था रहेकोमा ११ दशमलव चार ओभरमा छ विकेट गुमाएर ५० बल बाँकी छँदै लक्ष्य भेट्टाउन सफल भएको हो ।

    विराटनगरका शुरुआती ब्याट्सम्यान मुहम्मद जैद आलमले १० बलमा २४ रन जोड्दै उत्कृष्ट शुरुआत गर्नुभयो भने पाँचौँ क्रममा ब्याटिङमा आउनुभएका नोमान खानले २२ बलमा ३५ तथा पुनित मेहराले १७ बलमा ३२ रन जोडेपछि लक्ष्य भेट्टाउन सहज भएको थियो ।

    पुष्प थापा आठ बलमा १८ रन जोड्दै अविजित रहन सफल भए । बुटवलका नितेश थापाले दुई तथा कमल खत्री, हर्ष टङ्क र अविनाश बोहोराले एक÷एक विकेट लिएका थिए ।

    त्यसअघि शुरुआतमा ब्याटिङ गरेको बुटवलका लागि हर्ष टङ्कले ४४ बलमा छ चौका र पाँच चौकासहित ६७ रन बनाए । शिवम सिँहले २६ बलमा ३७ तथा सिद्धान्त लोहनीले २१ बलमा ११ रनको योगदान दिए ।

    ‘खेलको म्यान अफ दी म्याच’ विराटनगरका जैद आलमले चार ओभर बलिङमा चार विकेट लिँदै जम्मा २० रन खर्चिएका थिए भने किशोर महतोले दुई र दीपेश श्रेष्ठ र साहव आलमले एक÷एक विकेट लिए ।

    प्रतियोगिताअन्तर्गत बिहीबार आज स्पर्धा गरेका बुटवल र विराटनगर फाइनल प्रवेशका लागि प्लेअफमा स्पर्धा गर्नेछन् ।

    चितवन राइनोज भने पाँच वटै खेलमा अविजित रहँदै समूह विजेता बनेर फाइलनमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.