• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जाली सम्पर्क सदन रजत जयन्ति मनाउँदै

  •    शुभेच्छा न्यूज  /१० पुष २०७६, बिहीबार २०:३७ ,  प्रकाशीत
  • स्याङ्जाली सम्पर्क सदन पोखराको यही पुस १२ गते हुने रजत जयन्ति महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।पोखरा सभागृह हलमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रजत जयन्ति महोत्सव मूल समारोह समितिले जनाएको छ ।

    महोत्सवको अवसरमा पोखराको छोरेपाटन सितल चौतारी र विरौटा राममन्दिर क्षेत्रवाट २ वटा विशाल झाँकीसहितका र्याली निस्केर विरौटाचोक, मुस्ताङचोक, पृथ्वीचोक हुँदै सभागृहमा पुगेर सभामा परिणत हुने सदनका अध्यक्ष लीलाप्रसाद पँगेनीले जानकारी दिए ।

    बाजा गाजासहितको सो झाँकीमा पोखरामा वसोवास गर्ने सयौं स्याङ्जाली दाजुभाइ तथा दिदीवहिनीको सहभागिता रहने अध्यक्ष पँगेनीले बताए ।

    सो अवसरमा सदनले प्रकाशन गरेको रजत जयन्ति स्मारिका विमोचन गरिने उनले बताए । साथै सदनलाई स्थापनादेखि हालसम्म विभिन्न कालखण्डमा रहेर सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिने महासचिव धर्मराज अर्यालले जानकारी दिए ।

    कार्यक्रमको उद्घाटन भूमिसुधार मन्त्री पद्यमा अर्यालले गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । महोत्सवलाई भव्य र सभ्य बनाउन सवै तिर प्रचार भैसकेको संस्थाका वरिष्ठ उपाध्यक्ष लालीमाया रेग्मीले जानकारी दिएकी छन् ।

    सदनले हालसम्म गरेका गतिबिधि पनि रजत महोत्सवमा जानकारी गराइने उपाध्यक्ष तारा गौतमले बताए । रजत महोत्सव अन्य महोत्सव भन्दा निकै गर्विलो बनाउने तयारीमा सम्पूर्ण कार्यसमिति नै परिचालन गरिएको उनले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.